मिक्वाखोला गाउँ कार्यपालिकामा गठबन्धन पक्ष हावी,नेकपा एसका जिल्ला अध्यक्ष पनि कार्यपालिका सदस्य !

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १६ । ताप्लेजुङको मिक्वाखोला गाउँ कार्यपालिकाको निर्वाचनमा गठबन्धन पक्ष बिजयी हुँदा जिल्ला समन्वय समितिको उपप्रमुखका आकाँक्षी पनि कार्यपालिका सदस्य चयन हुनु भएको छ ।

जिल्ला समन्वय समितिका एक आकाँक्षी नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)का जिल्ला अध्यक्ष छिरिङ शेर्पा पनि कार्यपालिका सदस्य चयन हुनु भएको छ । ६ सदस्यीय कार्यपालिकाको निर्वाचनमा ६ जना नै गठबन्धन पक्षका बिजयी हुनु भएको छ । जस अनुसार दलित वा अल्पसंख्यकतर्फबाट कार्यपालिकामा आउने २ सदस्यमा नेकपा एसका छिरिङ लामा र नेपाली काँग्रेसका मदन बिक निर्वाचित हुनुभयो ।

यस्तै निर्वाचित महिला सदस्य भित्रबाट कार्यपालिकामा जाने ४ सदस्यमा माओवादी केन्द्रका फुपु लामु र सरिता गहते तथा नेपाली काँग्रेसका लक्षीमाया बिक र सलिना बराइली निर्वाचित हुनु भएको छ । यो संगै अब १३ सदस्यीय कार्यपालिकामा गठबन्धनतर्फ काँग्रेसका अध्यक्ष,एक वडाध्यक्ष, र ३ कार्यपालिका सदस्य सहित ५ जना,उपाध्यक्ष,एक वडाध्यक्ष र २ कार्यपालिका सदस्य सहित ४ जना र नेकपा एसका एक कार्यपालिका सदस्य गरी गठबन्धन पक्षका १० तथा ३ वडाध्यक्ष गरी एमालेका ३ जना कार्यपालिका सदस्य रहनु हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts