जिल्ला आर्थिक गणना कार्यालय बन्द

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १ । ताप्लेजुङस्थित जिल्ला आर्थिक गणना कार्यालय बन्द भएको छ ।

जिल्ला भित्रको आर्थिक गणना सम्वन्धी सम्पूर्ण गतिविधिहरु २०८३ साल असार ३२ गते सम्पन्न भएसंगै आर्थिक गणना कार्यालय बन्द गरिएको जिल्ला आर्थिक गणना अधिकारी जीतेन्द्र बैठाले जानकारी दिनुभयो ।

गत २०८२ साल चैत २ गते ताप्लेजुङमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना भएको थियो ।

Similar Posts