| |

जन्मगाउँका जेष्ठ नागरिकलाइ सम्मान गर्दै अलैंची व्यवसायी संघका अध्यक्ष भट्टराईले मनाए जन्मदिन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १० । अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले जन्मदिनको अवसरमा आफ्नो जन्म गाउँका जेष्ठ नागरिकलाइ नगद सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ ।

जन्मदिनको अवसर पारेर उहाँले आफ्नो जन्म गाउँ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिनका जेष्ठ नागरिकलाइ सम्मान गरेको त्यहाँ रहनु भएका पत्रकार सन्तोष पुर्कटीले जानकारी दिनुभयो । भट्टराईले नगद ५ सय रुपैंया र दोसल्ला ओढाएर जेष्ठ नागरिकलाइ सम्मान गर्नु भएको छ ।

जेष्ठ नागरिक ज्ञान,सीप र अनुभवका खानी भएकोले उनीहरुका अनुभवलाइ आफुले प्रयोग गर्न सकौं भन्ने मनशायका साथ जेष्ठ नागरिकको दीर्घजीवन समेतको कामना गर्दै आफुले रचनात्मक ढंगले जन्मदिन मनाएको भट्टराईले बताउनुभयो । उहाँ अहिले झापाको बिर्तामोडमा बसेर व्यवसाय गर्ने गर्नुहुन्छ । सिरिजङ्गा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लालकृष्ण चौहान समेतको उपस्थितिमा भट्टराईले जेष्ठ नागरिकलाइ सम्मान र बिद्यार्थीलाइ झोला बितरण गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts