स्थानीय तह निर्वाचनः मेरिङदेनमा ७७,मैवाखोलामा ७२ र मिक्वाखोलामा ७१ जनाको उम्मेदवारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १३ । गठबन्धन गरेका नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले ताप्लेजुङका सबै ठाउँमा भागबण्डा अनुसार मात्र उम्मेदवारी दिने सहमति टिकाउन सकेनन् । केहि ठाउँमा पार्टीकातर्फबाट आधिकारिक रुपमै मनोनयन दर्ता भएको छ भने केहिले बिद्रोह गरी उम्मेदवारी दिएका छन् ।

अध्यक्ष,उपाध्यक्ष सहित ३४ जना निर्वाचित हुनुपर्ने ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका ७७ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ४ जना र उपाध्यक्षमा एक स्वतन्त्र सहित ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमालेकातर्फबाट अध्यक्षमा केदारजंग श्रेङचोङवाङ र उपाध्यक्षमा टीकामाया लिम्बूको उम्मेदवारी परेको छ । गठबन्धनकातर्फबाट अध्यक्षमा काँग्रेसका युकहाँगवीर(डम्बर)हाङ्गाम र उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका दुर्गाहाङ् श्रेङचोङवाङको उम्मेदवारी परेको छ । अध्यक्षमा जनता समाजवादी पार्टीका दावा शेर्पा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आसकुमार लिम्बूको उम्मेदवारी परेको छ । यहाँ जसपा गठबन्धन बाहिर रहेको छ । पार्टीले टिकट नदिएपछि उपाध्यक्षमा माओवादी केन्द्रका दावाछिरिङ शेर्पाले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभयो । गठबन्धन गर्दा त्यहाँ उपाध्यक्ष नेकपा एसको भागमा लागेको थियो । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रुपा चोङ्वाङले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ ।

मिक्वाखोला गाउँपालिकामा २९ सदस्यीय गाउँसभाका लागि त्यहाँ ७१ जनाको उम्मेदवारी परेको छ । एक स्वतन्त्र सहित अध्यक्षमा ५ र उपाध्यक्षमा २ स्वतन्त्र सहित ५ जनाको उम्मेदवारी परेको छ । सो गाउँपालिकामा एमालेबाट दिवस लुङ्खिम लिवाङ,गठबन्धनबाट काँग्रेसका भक्तबहादुर कार्की,जनता समाजवादीका डिल्लीहाङ साँवा लिम्बू र मंगोल नेस्नल अर्गनाइजेसनका सागर शेर्पा तथा टेकबहादुर साँवाले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । स्वतन्त्र उम्मेदवार साँवा काँग्रेस निकट भएको बताइन्छ । यस्तै उपाध्यक्षमा एमालेका मिनाकुमारी केदेम,गठबन्धनबाट माओवादी केन्द्रका डण्डु लामा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नरमाया साँवा तथा स्वतन्त्र रुपमा सूर्य बस्नेत र ओङ्दी लामाले उम्मेदवारी दिनु भएको छ ।

उता मैवाखोला ३४ जनाको गाउँसभा रहेको मैवाखोलामा ७२ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ३ र उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा एमालेका राजनकुमार थत्लुङ,गठबन्धनबाट माओवादी केन्द्रका बिजयप्रकाश वनेम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चरणबहादुर लिम्बू उपाध्यक्षमा एमालेका कौशिला थत्लुङ र गठबन्धनबाट काँग्रेसका कमलकुमारी लिम्बूको उम्मेदवारी परेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts