| | |

ताप्लेजुङमा स्थानीय तह चुनावका लागि सत्ता गठबन्धनबीच सहमति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ७ ।
ताप्लेजुङमा आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलबीच गठबन्धन गरेर जाने सहमति भएको छ । जिल्लाको एक नगरपालिकासहित नौ वटा स्थानीय तहमा गठबन्धन दलले साझा उम्मेदवार बनाएर चुनाव लड्नेगरी सहमति भएको हो ।
मंगलबार राति अबेरसम्म बसेको सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच सहमति जुटेको जनाइएको छ । यद्यपि, छलफलको क्रममा अन्तिममा आएर एकीकृत समावादीका प्रतिनिधि भने भागबण्डामा भनेअनुसार नभएको भन्दै बैठकबाट बाहिरिएका बताइएको छ ।
सहमतिअनुसार काँग्रेसलाई सातवटा स्थानीय तहको प्रमुख, तीन उपप्रमुख, ३८ वडा, माओवादी केन्द्रलाई दुई प्रमुख, पाँच उपप्रमुख र १७ वटा भाग लागेको स्रोतले जनाएको छ । यस्तै एकीकृत समाजवादी अन्तिममा बैठकबाट बाहिरिए पनि उसलाई एक उपप्रमुखसहित पाँचवटा वडा भागमा राखिएको जनाइएको छ ।
यता जिल्ला समन्वय समिति प्रमुख माओवादी केन्द्रलाई र उपप्रमुख एकीकृत समाजवादीलाई दिने सहमति भएको पनि स्रोतले जनाएको छ । गठबन्धन दलबीच भएको निर्णय भने बुधबार (आज) १ बजेपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts