ताप्लेजुङमा १४ दलको अभिलेखीकरण,२७ वटा सम्म निर्वाचन चिन्ह भएको मतपत्र आउन सक्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ५ । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा २७ वटा सम्म निर्वाचन चिन्ह भएको मतपत्र आउन सक्ने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा अभिलेखीकरणमा जनिएका १४ दल,अभिलेखीकरणमा नपरेपनि राष्ट्रिय मान्यताप्राप्त लोकतान्त्रिक समाजवादी पार्टी र अन्य स्वतन्त्र उम्मेदवारको सम्भावना हेरेर यो अवस्था देखिन आङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।‘आधिकारिक रुपमा २७ वटै चिन्ह भनेर आयोगबाट जानकारी त आएको छैन’जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिपिन दुलालले भन्नुभयो‘तर सम्भावना लगभग त्यस्तै होला’ । उहाँका अनुसार जिल्ला निर्वाचन कार्यालयको अभिलेखमा नेकपा एमाले,नेपाली काँग्रेस,नेकपा (माओवादी केन्द्र),जनता समाजवादी पार्टी नेपाल,नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷संघीय लिम्बूवान राज्य परिषद्को नाम रहेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी,मंगोल नेस्नल अर्गनाईजेसन(एमएनओ),राष्ट्रिय जनमुक्ति पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल,उन्नत लोकतन्त्र पार्टी,जन समाजवादी पार्टी नेपाल,नेपाल परिवार दल र नेपाल कम्युनिष्ट पार्टी(माले)को नाम अभिलेखीकरणमा रहेको छ । राष्ट्रिय मान्यता प्राप्त दल सहित १५ वटा दलको निर्धारित चिन्ह र अन्य सम्भावित स्वतन्त्र उम्मेदवारलाइ आधार मानेर मतपत्र आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts