| |

ताप्लेजुङमा बुद्धिजीवी संगठनको प्रथम भेला सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २६ ।
नेपाल बुद्धिजीवी संगठन ताप्लेजुङको प्रथम जिल्ला भेला सदरमुकाम फुङ्लिङमा सुरु भएको छ । फुङ्लिङस्थित होटल माउण्टेनको सभा हलमा भेला सुरु भएको हो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) को प्रमुख आतिथ्यता तथा नेपाल बुद्धिजीवी संगठन प्रदेश १ की अध्यक्ष राधिका ओझाको विशिष्ट आतिथ्यतामा शनिबार अपराह्न भेला सुरु भएको हो । संगठनका जिल्ला संयोजक राम नेयोङको अध्यक्षतामा सुरु भएको भेलाको प्रमुख अतिथि बुढाक्षेत्री र विशिष्ट अथिति ओझाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
उक्त प्रथम जिल्ला भेलाले नेपाल बुद्धिजीवी संगठन जिल्ला समन्वय समितिको नयाँ कार्यसमिति चयन गर्ने छ । भेलामा माओवादी केन्द्र फुङ्लिङ नगरसमितिका इन्चार्ज एवम् फुङ्लिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराई (तारा), जिल्लाका विभिन्न स्थानीय तह र वडाका पार्टी नेतृत्व, माओवादीमा आस्था राख्ने शिक्षक, बुद्धिजीवी, बौद्धिक व्यक्तित्व लगायतको सहभागिता रहेको छ ।
यता आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई विजयी गराउनमा बुद्धिजीवी संगठनले खेल्नुपर्ने भूमिकाका विषयमा समेत छलफल तथा निर्णय गरिने जनाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts