| |

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङ अध्यक्षमा मेन्याङ्बो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २४ ।
लिम्बू समुदायको जातीय संस्था किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको अध्यक्षमा इन्दिरा मेन्याङ्बो चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सोमबार सम्पन्न नवौं जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा डम्बर पालुङ्वा, सचिवमा बमबहादुर वनेम (बीबीहाङ), सहसचिव कैलाश पालुङ्वा र कोषाध्यक्षमा नरेन्द्रकुमार लिम्बू माबो (गणेश) चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा रमला लिम्बू, शिवकुमारी केदेम, संगिता मादेन, पृथ्वीमान पालुङ्वा, समीर माबो, सुरेश फुरुम्बो, सरोज कङ्लिबा, ध्रुव मादेन, माला पालुङ्वा र रञ्जित माबो रहनुभएको छ ।
कार्यसमिति १९ सदस्यीय रहने र बाँकी सदस्य पछि थप गर्ने बताइएको छ । किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तम्बापो, राष्ट्रिय परिषद् सदस्य निर्मला लिम्बू र बालचन्द्र आङ्बुहाङ लगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको बताइएको छ । कार्यसमितिको कार्यकाल भने तीन वर्षको हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts