उज्यालो नेपाल पार्टीको ताप्लेजुङ अध्यक्षमा मादेन
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १२ । कुलमान घिसिङ प्रमुख संरक्षक रहेको उज्यालो नेपाल पार्टी ताप्लेजुङको जिल्ला समिति गठन भएको छ ।
प्रदीप मादेन(नानी)संयोजक रहेको समिति गठन भएको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डाक्टर महेन्द्र लावतीले जानकारी दिनुभयो । मादेन यसअघि डाक्टर लावती अध्यक्ष रहेको पहिचानवादी मोर्चाको जिल्ला संयोजक रहनु भएको थियो ।
उज्यालो नेपाल पार्टीको युवा तथा महिला सम्पर्क व्यक्तिहरुमा सरगम शेर्पा,लिला पालुङ्वा,लाजरस लिम्बू र नरकुमार नाल्वोलाई जिम्मेवारी दिईएको उज्यालो नेपाल पार्टीले जनाएको छ ।