| | |

जेठको अन्तिम साता ताप्लेजुङमा ५ दिने औद्योगिक तथा पर्यटन मेला हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २२ । आउँदो जेठको अन्तिम साता ताप्लेजुङमा ५ दिने औद्योगिक तथा पर्यटन मेला आयोजना गरिएको छ । प्रदेश १ सरकारको श्रम,उद्योग तथा रोजगार मन्त्रालय,फुङ्लिङ नगरपालिका र घरेलु कार्यालय ताप्लेजुङको सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले मेलाको आयोजना गरेको हो ।

महासंघका जिल्ला अध्यक्ष राजेन्द्र भारतीका अनुसार जेठ २६ देखि ३१ गते सम्म ५ दिने मेलाको आयोजना गरिएको छ । लघु तथा साना उद्योग र उद्यमीलाइ प्रोत्साहन,उत्पादित बस्तुको बजारीकरण,उत्पादित बस्तुको खरिद बिक्रीमा सहजीकरण र स्थानीय उत्पादनको प्रवद्र्धन र प्रचारप्रसारका लागि मेलाको आयोजना गरिएको हो । मेलामा डोको र गजेरा बुन्ने प्रतियोगिता देखि ढाका अल्लो कपडा तथा फेसन सो सम्मका कार्यक्रम सञ्चालन हुने भएका छन् । ढाका,राडीपाखी,खाँडी कपडा,गलैंचा र झोला लगायतका उत्पादनहरु,हाते काग,काठका उत्पादन,बाँस तथा निगालोका उत्पादन,छालाजुत्ता र फाम तथा फलामजन्य सामग्रीको उत्पादनलाइ प्रर्दशनी गरिने छ । यस्तै छूर्पी,अचार,ललिपप,केण्डी लगायतका खाद्यजन्य उत्पादनहरु समेत प्रर्दशनी गरिने घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले जनाएको छ ।

मेलामा खाद्य परिकार स्टल,स्थानीय मौलिक झाँकी र लोकसाँस्कृतिक कार्यक्रम,कृषि प्रर्दशनी,औद्योगिक अन्र्तक्रिया,औद्योगिक लेखरचना बाचन प्रतियोगिता,औद्योगिक फोटो प्रर्दशनी कार्यक्रम समेत आयोजना गरिएको छ । घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङका अनुसार मेलाका लागि १६ लाख ८५ हजार रुपैंया खर्च हुनेगरी लागत प्रस्ताव तयार पारिएको छ । कूल लागत अनुमानमध्ये घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले कूल लागतको २५ प्रतिशत अर्थात् ४ लाख २१ हजार २ सय ५० रुपैंया व्यहोर्ने र १२ लाख ६३ हजार ७ सय ५० रुपैंया सहयोगी निकायबाट संकलन गर्नुपर्ने आयोजक संस्थाले ठम्याएको छ । मेलाले लघु तथा साना उद्योग र उद्यमीलाइ टेवा प्रदान र उत्पादित बस्तुको बजारीकरणमा सघाउ पु¥याउने घरेलु तथा साना उद्योग महासंघले बिश्वास लिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts