ताप्लेजुङ अस्पतालमा थुनिएको भालुलाइ बासस्थानमा फर्काउन दुईवटा प्रयास गरिदैं

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन २० । बिहीबार बेलुकी अचानक ताप्लेजुङ जिल्ला अस्पतालको प्रसुति भवन प्रवेश गरेको भालुलाइ सुरक्षित ढंगले बासस्थानमा फर्काउन दुईवटा बिकल्प अघि सारिएको छ ।

अस्पतालका कर्मचारी र प्रहरीले मिलेर प्रसुति कक्षको एउटा खाली कोठामा थुनेको भालुलाइ सुरक्षित तवरले बासस्थानमा फर्काउने पहिलो प्रयास स्वरुप शुक्रवार राति थुनिएको कोठा खोल्ने योजना बनेको छ । ‘सबै मानिसलाइ माइकिङमार्फत ढोका थुनेर घरभित्र सुरक्षित रहन आग्रह गर्ने र थुनिएको कोठाबाट भालुलाइ बासस्थानतर्फ फर्काउन प्रयास गरिने छ’डिभिजन वन अधिकृत वीरेन्द्र शाहले भन्नुभयो । यदि यो प्रयास सम्भव नभएमा दोस्रो बिकल्प स्वरुप वन्यजन्तुको क्षेत्रमा काम गर्ने बिशेषज्ञ झिकाएर सुईमार्फत भालुलाइ लठ्याई सुरक्षित तवरले जंगलमा छाड्ने उपाय अवलम्बन गरिने शाहले जानकारी दिनुभयो ।

दोस्रो बिकल्प अवलम्बन गरिएमा त्यसका लागि कि त चितवन र कित काठमाडौबाट बिशेषज्ञ झिकाउनुपर्ने हुन्छ । डिभिजन वन कार्यालय ताप्लेजुङ र मातहतका सवडिभिजन कार्यालयमा वन्यजन्तु बिशेषज्ञ नभएको अवस्थामा सम्वधित निकायबाट झिकाइ भालुलाइ सुरक्षित ढंगले बासस्थानमा फर्काउन प्रयास गरिने डिभिजन वन अधिकृत शाहले बताउनुभयो । उहाँले मानिसलाइ अस्पताल क्षेत्रमा अनावश्यक भिडभाड नगरिदिन समेत आग्रह गर्नु भएको छ । मानिसको भिडभाड र कोलाहलले भालुलाइ थप आक्रामक बनाउने भएकोले अत्यावश्यक काम बाहेक अस्पतालमा भिडभाड नगरिदिन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । अस्पताल परिसर नजिकै सामान्य झाडी जंगल र त्यसभन्दा वरपर भने अलैंची तथा अन्य बोटबिरुवा सहितको जंगल क्षेत्र रहेको छ । बिहीबार बेलुकी अचानक अस्पताल परिसर प्रवेश गरेको भालुलाइ अस्पतालका कर्मचारी र प्रहरी मिलेर प्रसुति कक्षको खाली कोठामा थुन्न सफल भएका थिए ।

प्रतिकात्मक तस्बिर

अरुलाई पनि शेयर गरौ !

Similar Posts