एमाले ताप्लेजुङको ११ औं जिल्ला अधिबेशनको उद्घाटन सत्र सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २३ । नेकपा एमाले ताप्लेजुङको ११ औं जिल्ला अधिबेशनको उद्घाटन सत्र सामुदायिक भवन सिटीहलमा सुरु भएको छ । अधिबेशन एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको प्रमुख आथित्यतामा केहि ढिला गरी सुरु भएको हो ।

उद्घाटन सत्र एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो,प्रदेश १ का सहइञ्चार्ज तथा केन्द्रीय सदस्य टंक आङ्बुहाङ,एमाले केन्द्रीय सदस्य तथा ताप्लेजुङ सह इञ्चार्जद्धय पासाङ शेर्पा र उर्मिला थेबे सहितको उपस्थितिमा सुरु भएको छ । कार्यक्रमको प्रारम्भ गर्दै एमाले ताप्लेजुङका सहसंयोजक भूपेन्द्र थेबेले संयोजक बलबहादुर साम्सोहाङलाइ बोल्न दिएर अध्यक्षता गराउनुभयो । त्यसपछि थेबेले कार्यक्रम अघि बढाउन एमाले सचिवालय सदस्य दीपेन पोमूलाइ आग्रह गर्नु भएको छ । दुई पार्टी कमिटी र दुई पार्टी कार्यालय रहेको एमाले ताप्लेजुङलाइ एक बनाउने प्रयास स्वरुप साम्सोहाङलाइ संयोजक र थेबेलाइ सहसंयोजकको जिम्मेवारी सहित दुबै कमिटीका पदाधिकारी तथा सदस्यलाइ समेटर सचिवालय र जिल्ला सम्मेलन आयोजक कमिटी बनाइएको छ ।

पार्टी कमिटी एक भएपनि पार्टी कार्यालय भने यथावत् रुपमै दुबै ठाउँबाटै सञ्चालनमा रहेका छन् । जिल्ला अधिबेशन संगै आउने नयाँ नेतृत्वले पार्टी कमिटीलाइ एक बनाउँदै पार्टी कार्यालय समेत एक ठाउँबाट सञ्चालनमा ल्याउने बिश्वास गरिएको छ । एमाले जिल्ला अधिबेशनका साढे ६ सय बढी प्रतिनिधि सहभागी भएको बताइन्छ । शुक्रवार र शनिवारका लागि दुई दिनका लागि बोलाइएको अधिबेशनसभा अन्र्तगत शनिवारबाट निर्वाचन कार्यक्रम सुरु हुने भनिएपनि अहिले सम्म निर्वाचन तालिका भने प्रकाशन भएको छैन । बन्दसत्रको समय हेरी निर्वाचन समितिले निर्वाचन कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts