प्याब्सन ताप्लेजुङको आठौं जिल्ला अधिबेशन सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस ३ । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन(प्याब्सन) ताप्लेजुङको ८ औं जिल्ला अधिबेशन ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सुरु भएको छ । नयाँ नेतृत्व समेत चयन गर्नेगरी जारी अधिबेशनको उद्घाटन कार्यक्रम जारी रहेको छ ।

फुङ्लिङ नगरप्रमुुख छत्रपति प्याकुरेलको प्रमुख आथित्यतामा जारी प्याब्सनको उद्घाटन सत्रमा शिक्षक महासंघ,बिभिन्न पेशागत संघ÷संगठन,शिक्षा विकास तथा समन्वय इकाइ,पालिकाका शिक्षा अधिकृत,प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरु तथा पत्रकार महासंघ सहितका आम सञ्चारसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको छ । उद्घाटन सत्रलाइ सम्बोधन गर्ने अधिकाँस बक्ताहरुले ताप्लेजुङ प्याब्सनको विगतको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत रचनात्मक कार्य गर्न सुझाउनु भएको छ ।

जिल्ला प्याब्सनका सचिव देवराज गुरुङले उद्घाटन सत्र पछि बन्दसत्र हुने र त्यसले आगामी ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताउनुभयो । प्याव्सन ताप्लेजुङका जिल्ला अध्यक्ष दिनेश भट्टराईको अध्यक्षतामा उद्घाटन कार्यक्रम जारी रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts