पछिल्लो एकबर्षे अवधिमा ताप्लेजुङमा बलत्कारका घटना सबैभन्दा बढी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २८ । पछिल्लो एकबर्षे अवधिमा ताप्लेजुङमा भएका मानव अधिकार संग सम्वन्धित घटनामध्ये बलत्कारका घटना सबैभन्दा बढी भएको पाइएको छ । नेपाल मानव अधिकार बर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समिक्षा कार्यक्रम गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ताप्लेजुङले यस्तो बताएको हो । इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङले मानव अधिकार उल्लंघनका घटनामा संख्यात्मक हिसावले बलत्कारका घटना बढी देखिएको बताउनुभयो । इन्सेकले ताप्लेजुङमा मानव अधिकार उल्लंघनका मुख्य २३ वटा घटना अभिलेखीकरण गरेकोमा बलत्कार,बलत्कार प्रयास र यौनजन्य दुव्र्यवहारका १५ वटा भएको देखिएको छ । इन्सेक प्रतिनिधि गुरुङका अनुसार १५ मध्ये बलत्कार प्रयासमा २ वटा घटना भएका छन् । बलत्कारका घटनामा उमेरगत हिसावले ६० बर्षिया बृद्धा देखि ५ बर्षका बालिका समेत पीडित रहेको इन्सेक ताप्लेजुङले जनाएको छ । बलत्कार बाल बिज्याँइ संग सम्वन्धित घटनाका एक पीडितलाइ बिराटनगरमा रहेको बाल सुधार गृहमा पठाइएको छ ।

ताप्लेजुङमा यो अवधिमा गर्भपतन,अपहरण शरिर बन्धक तथा बलत्कार,गर्भ संरक्षण कसुर,कर्मचारी कुटपिट तथा अभद्र व्यहवार,शिक्षक हत्या र बालबिबाह सम्वन्धी घटना भएको समेत इन्सेकले मंगलवार फुङ्लिङमा आयोजित कार्यक्रममार्फत बताएको छ । समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे,सशस्त्र प्रहरी नायव उपरीक्षक रोशन बुढाथोकी,प्रमुख अनुसन्धान अधिकृत दुर्गा चापागाँइ,सहायक जिल्ला न्यायधिबक्ता पुष्पराज बाँस्तोला,जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु,प्रहरी निरीक्षक कैलाशकुमार अधिकारी सहित बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु,पत्रकार महासंघ र आम सञ्चार संस्थाका प्रतिनिधिहरु,गैर सरकारी संस्था महासंघ सहित सरोकारवालाको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts