| |

नेकपा एस ताप्लेजुङ संगठन विस्तार अभियानमा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर २० ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ताप्लेजुङले पालिकास्तरमा संगठन विस्तार गर्न शुरु गरेको छ । पालिकास्तरको संगठन विस्तारमा जुटेको एकीकृत समाजवादीले भर्खरै जिल्लाको आठराई त्रिबेणी गाउँपालिकामा कमिटी निर्माण गरेको छ ।
एकीकृत समाजवादीका जिल्ला सचिव मोहन न्यौपानेका अनुसार चक्रबीर मोक्तानको अध्यक्षतामा ३१ सदस्यीय आठराई त्रिबेणी गाउँपालिका समिति गठन भएको छ । भेलाले उपाध्यक्षमा बिन्दु आङ्बुहाङ र मकरजङ्ग सेम्बू, सचिव सरोज यक्सो, उपसचिव प्रेमकुमार लामिछाने, मेनुका बर्देवा र दिपेश आङ्बुहाङ रहनुभएको छ ।
एकीकृत समाजवादीकी केन्द्रीय सदस्य अम्बिका राजभण्डारीको प्रमुख आतिथ्यतामा पालिका समिति गठन गरिएको बताइएको छ । जिल्लाको नौ स्थानीय तहमध्ये यसअघि फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकामा सो पार्टीले पालिका स्तरको समिति गठन गरिसकेको छ । मेरिङ्देन गाउँपालिकामा भने विभिन्न वडामा वडा कमिटीसमेत निर्माण गरेको सो पार्टीले जनाएको छ । पालिका हुँदै वडा स्तरसम्म नै पार्टी संगठन निर्माण अभियान शुरु गरिएको जिल्ला अध्यक्ष छिरिङ लामाले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts