| |

काँग्रेस प्रदेश १ मा ताप्लेजुङबाट तीनजना निर्वाचित

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर २१ ।
नेपाली काँग्रेस १ नम्बर प्रदेश कार्यसमितिमा ताप्लेजुङबाट तीनजना निर्वाचित हुनुभएको छ । ताप्लेजुङबाट प्रदेश सांसदसमेत रहनुभएका प्रतापप्रकाश हाङगाम, इन्द्रकुमार केदेम र मीना गुरुङ कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको हो ।
प्रदेश सभापतिमा निर्वाचित उद्धव थापाको प्यानलबाट उम्मेदवार बन्नुभएका प्रदेश सांसद हाङगाम र केदेम निर्वाचित हुनुभएको हो भने सभापतिमा पराजित गुरु घिमिरेको प्यानलबाट उम्मेदवार भई गुरुङ कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको हो । प्रदेश कार्यसमितिको महामन्त्रीसहित ताप्लेजुङबाट आठजनाले उम्मेदवारी दिनुभएको थियो ।
महामन्त्रीमा उम्मेदवारी दिनुभएको पदम पालुङ्वा र कार्यसमिति सदस्यमा उम्मेदवारी दिनुभएका काँग्रेस ताप्लेजुङका पूर्वसभापति केशब दाहालसहित पाँचजना पराजित हुनुभएका जिल्ला सचिव डम्बर हाङगामले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts