ताप्लेजुङबाट एक पदाधिकारी र ५ सदस्य एमाले केन्द्रीय समितिमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १५ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा निर्वाचित हुँदा थप ५ जना केन्द्रीय सदस्य हुनु भएको छ । संघीय सरकारका पूर्व पर्यटनमन्त्री समेत भइसक्नु भएका भट्टराई सचिवमा(१९६० मत)लोकप्रिय दोस्रो मत सहित बिजयी हुँदा भूगोलतर्फ प्रदेश १ बाट टंक आङ्बुहाङ(१८१६ मत) र तिलकुमार मेन्याङ्वो(१८०५ मत) केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । भट्टराई यसअघि पनि एमाले सचिव हुनुहुन्थ्यो । आङ्बुहाङ २०६३ सालमा अन्तरिम संसद सदस्य र २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको उम्मेदवार बनेर बामगठबन्धनबाट ताप्लेजुङ १(ख)बाट निर्वाचित भइ प्रदेश १ सरकारको योजना तथा आर्थिक मामिला मन्त्री समेत भइसक्नु भएको छ । मेन्याङ्वो २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका सांसद निर्वाचित हुनु भएको थियो । यस्तै ताप्लेजुङको हाङ्देवा पुख्र्यौली घर भएका चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र खुल्ला केन्द्रीय सदस्यमा(१४९४ मत)बिजयी हुनुभयो । पासाङ शेर्पा आदिवासी जनजाति खुल्लातर्फबाट र उर्मिला थेबे आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्य हुनु भएको छ । नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहिसक्नु भएका शेर्पा २०६४ सालको संबिधानसभामा मन्त्रिपरिषद्बाट मनोनित संबिधानसभा सदस्य हुनुहुन्थ्यो । सिरिजंगा गाउँपालिका वडा नं १ सिनामका वडाध्यक्ष समेत रहनु भएकी बामपन्थी आन्दोलनकी महिला अग्रज थेबे पहिलोपटक केन्द्रीय समितिमा पुग्नु भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ भरीमा २ जना महिला वडाध्यक्षमा चुनिनु भएको छ । ति मध्ये थेबे एक हुनुहुन्छ । फुङ्लिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझा पनि ताप्लेजुङबाट एमालेको राष्ट्रिय महाधिबेशनमा जाने ४ महिलामध्ये सबैभन्दा बढी मत पाएर राष्ट्रिय महाधिबेशन प्रतिनिधि चयन हुनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts