|

एमाले ताप्लेजुङका दुई कमिटीलाइ मिलाउने प्रयास ः दुबै कमिटीको संयुक्त बैठक जारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २२ । दुई कमिटी र दुईवटै पार्टी कार्यालय रहेको नेकपा एमाले ताप्लेजुङलाइ एउटै बनाउने प्रयासमा दुईवटै कमिटीलाइ जिल्ला अधिबेशन आयोजक कमिटीमा रुपान्तरण गरिने भएको छ । दुईवटै कमिटीको संयुक्त बैठकमा नेकपा एमाले ताप्लेजुङका संयोजक बलबहादुर साम्सोहाङले एजेण्डा ८ वटा एजेण्डा प्रस्तुत गर्नु भएको छ । दुईवटा कमिटी र दुई पार्टी कार्यालय रहेको एमाले ताप्लेजुङलाइ एउटै बनाउन पार्टीको प्रदेश स्तरीय हाइकमाण्डले प्रदेशसभाका सांसद समेत रहनु भएका साम्सोहाङलाइ संयोजक र संबिधानसभा सदस्य भूपेन्द्र थेबेलाइ सहसंयोजकको जिम्मेवारी दिएर बिबाद मिलाउने प्रयास गरेको थियो । हाइ कमाण्डको सोहि प्रस्ताव अनुसार एमाले ताप्लेजुङको संयुक्त बैठक सोमवार फुङ्लिङ स्थित सामुदायिक भवनमा जारी रहेको छ । कार्यदलले साम्सोहाङ संयोजक र थेबे सहसंयोजक रहेको दुबै कमिटीका पदाधिकारी तथा सदस्य जिल्ला अधिबेशन आयोजक कमिटीमा रुपान्तरण गर्न प्रस्ताव गरिएको छ । बैठकको अध्यक्षता गरिरहनु भएका साम्सोहाङलाइ कार्यक्रम सञ्चालन गरिरहनु भएका थेबेले बैठकका एजेण्डा प्रस्तुत गर्न समय दिनु भएको थियो । साम्सोहाङले दुईवटै कमिटीलाइ जिल्ला अधिबेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने,दुबै पक्षलाइ मान्य हुने गरी सचिवालय गठन गर्ने,११ औं जिल्ला अधिबेशन पुस मसान्त सम्ममा पूरा गर्ने,राष्ट्रिय महाधिबेशनका प्रतिनिधि छनौटको प्रकृया आरम्भ गर्ने,पार्टी सदस्यता नविकरण तथा अद्यावधिकको कार्य पूरा गर्ने,आर्थिक विभाग गठन गर्ने र पार्टीको बैंक खाता सञ्चालन प्रकृया आरम्भ गर्ने लगायतका प्रस्ताव गर्नु भएको छ ।

बैठकमा एमाले केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई,केन्द्रीय नेताहरु तिलकुमार मेन्याङ्वो,टंक आङ्बुहाङ,पासाङ शेर्पा,संबिधानसभा सदस्य ओङ्दी शेर्पा,डम्बरध्वोज तुम्बाहाम्फे,सञ्चपाल मादेन,प्रदेशसभा सदस्य होमकुमारी साँवा,जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल,मैवाखोला गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङ सहितका प्रदेश कमिटी सदस्यहरु र दुबै पार्टी कमिटीमा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts