सेसेलुङ गोल्डकपमा पाथीभरा याङ्वरक सेमिफाइनलमा

उज्यालो पोष्ट
ताप्लेजुङ, मंसिर १४ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगितामा खेलको १७औं मिनेटमा आठराई त्रिवेणीका प्रिती गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको १८औं मिनेटमा पाथीभरा याङवरक गाउँपालिकाका अम्बिका लावतीले गोल गर्दै टिमलाई बराबरीमा फर्काउन सफल हुनुभएको थियो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको हो । शनिबार भएको उद्घाटन खेलमा मैवाखोलाले सिरिजङ्घा गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै विजय सुरुवात गरेको थियो । सोमबार फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ ।

Similar Posts