|

अनलाइनलाइ पनि बर्गिकरण गरिन्छ ः अध्यक्ष बस्नेत

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १५ । प्रेश काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लोक कल्याणकारी बिज्ञापनका लागि अनलाइनलाइ समेत बर्गिकरण गर्ने गृहकार्य भइरहेको बताउनु भएको छ । उहाँले युट्युव च्यानललाइ समेत आचारसंहिताको घेरामा राखिने बताउनुभयो । पत्रकार आचारसंहिता जागरणका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङ आउनु भएका बस्नेतले सञ्चार माध्यमले बिषय उठान गरेर छाड्ने नभइ लक्ष्य पूरा नभए सम्म सञ्चारमाध्यमकातर्फबाट नियमित खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।‘बिषय उठान गरिदिने र छाड्ने हो भने हामी कहिँ पुग्दैनौं’सञ्चारकर्मीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो‘यस्तो कार्यले एकदिनको समाचार त बन्छ,तर न समाचारको लक्ष्य पूरा हुन्छ,न त स्रोता,पाठक र दर्शकको रुची नै’ । अबको पत्रकारिताका समृद्धिको अभियानमा केन्द्रित हुनुपर्नेमा समेत उहाँको जोड थियो । अहिले सम्म विकासका लागि सञ्चारको अभियानमा रहेको नेपाली पत्रकारिता अब समृद्धिका लागि पत्रकारिताको यात्रामा रहनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रेश काउन्सिल नेपालका र्बोड सदस्य गणेश पोखरेलले पत्रकारिता क्षेत्रमा रहेको व्यक्ति नियमित अध्ययनमा रहनुपर्ने बताउनुभयो ।‘पढ्ने….. पढ्ने अनि पढ्ने’एउटा सञ्चारकर्मी आफ्नो क्षेत्रमा जहिल्यै अध्ययनशिल र जागरुक बन्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो । पत्रकारिता क्षेत्र समृद्ध राष्ट्र निर्माणको असल उद्देश्यका साथ पेशाप्रति जवाफदेहि र बफादार बन्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा प्रेश काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुषालले प्रेश काउन्सिल,नेपाली पत्रकारिता र पत्रकार आचार संहितका बारेमा जानकारी गराउनु भएको थियो । प्रेश काउन्सिलबाट सम्पादन भइरहेका पछिल्ला गतिविधिका बारेमा समेत उहाँले प्रकाश पार्नुभयो । फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले पत्रकारिता क्षेत्रले समाज,राष्ट्र र नागरिकका साझा सवालहरुलाइ केन्द्रमा राखेर सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । विकासलाइ प्रोत्साहित गर्ने,असल अभ्यासलाइ अरुले समेत प्रयोग गर्न सक्ने गरीको बनाउने र सुधार गर्नुपर्ने बिषय उठान गरिदिने हो भने पत्रकारिता क्षेत्रले समृद्धिका लागि योगदान दिएको ठहर्ने उहाँले बताउनुभयो । ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीस प्रकाश राउतले पत्रकारिता क्षेत्रलाइ चौथो अंग भन्नुको पछि आम नागरिकले यो क्षेत्रप्रति भरोसा राखेको बताउनुभयो । जनताले राखेको भरोसालाइ मर्न नदिने गरी कार्य गर्न सकेमा पत्रकारिता क्षेत्रले समाज र राष्ट्रको उत्थानका लागि योगदान दिएको देखिने उहाँको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सकारात्मक कार्यको प्रोत्साहन,असल कार्य गर्नेलाइ प्रेरणा र हौसला तथा गलत मनशायका साथ कार्य गर्नेलाइ दण्डित गर्ने कार्यमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । कार्यक्रममा जिल्ला न्यायधीवक्ता युवराज महत,प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणा,मालपोत अधिकृत लेखा पनेरु महत,नेपाली काँग्रेसका जिल्ला उपसभापति डिल्लीरमण बराल लगायतले पत्रकारिता क्षेत्रलाइ थप गतिशिल बनाउन के गर्न सकिन्छ भन्ने बारेमा सुझाव प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम समन्वयकर्ता संस्था पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमको अध्यक्षतामा भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts