|

नेपाली काँग्रेस ताप्लेजुङको सभापतिमा तुम्याहाङ बिजयी,संस्थापन पक्ष हाबी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज १८ । नेपाली काँग्रेस ताप्लेजुङको सभापतिमा संस्थापन पक्षका गजेन्द्र तुम्याहाङ निर्वाचित हुनु भएको छ । एक उपसभापति बाहेक तुम्याहाङको प्यानलनै निर्वाचित भएको छ । सभापतिमा तुम्याहाङले छबिलाल गुरुङलाइ पराजित गर्नुभयो । यस्तै उपसभापतिद्धयमा गुरुङ समूहका गणेशबहादुर चोङ्वाङ र तुम्याहाङ समूहका डिल्लीरमण बराल निर्वाचित हुनुभयो । सचिवद्धयमा तुम्याहाङ समूहका डम्बर(युकहाङबीर) हाङ्गाम र नन्दकुमार ओझा तथा सहसचिवद्धयमा तुम्याहाङ समूहकै जंग(तेज)सुनुवार र नन्दकुमार आङ्बुहाङ निर्वाचित हुनु भएको निर्वाचिन अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts