जिसस सदस्य शेर्पाद्धारा नेकपा एसका पक्षमा आफुले गरेको सनाखत फिर्ताको माग गर्दै निबेदन दर्ता

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २२ । आइतवार नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)का पक्षमा सनाखत गरेका ताप्लेजुङ जिल्ला समन्वय समितिका सदस्य निमातेञ्जी शेर्पाले मंगलवार आफ्नो सनाखत फिर्ताको माग गर्दै ताप्लेजुङ निर्वाचन कार्यालयमा निबेदन दिनु भएको छ । उहाँले निबेदनमा आफ्नो सनाखत सच्याउन माग गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन सहितका एमाले नेताहरु लिएर मंगलवार जिल्ला निर्वाचन कार्यालय पुग्नु भएका उहाँले सनाखत सच्याउन(फिर्ताको) माग गर्दै दिएको सक्कलै निबेदन जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगमा पठाएको जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले यो तहको निर्णय गर्ने अधिकार निर्वाचन आयोगसंग मात्र रहेकोले सक्कलै निबेदन आयोगमा पठाएको जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts