|

देशभरमा सबैभन्दा कम बेरुजु शिवसतासीको,सिरिजंगा र पाथीभरा याङ्वरक क्रमशःदोस्रो र तेस्रो बने,फुङ्लिङ ११ औं स्थानमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ६ । झापाको शिवसतासी नगरपालिका कम बेरुजु हुने देशभरकै पहिलो स्थानीय तह बनेको छ । ताप्लेजुङका २ वटा गाउँपालिका बेरुजु रकम कम हुनेमा देशभरमै उत्कृष्ट द्धितिय र तृतिय भएका छन् । देशभरका ४ सय ६० वटा गाउँपालिकातर्फ भने ताप्लेजुङको सिरिजंगा गाउँपालिका पहिलो र पाथीभरा याङ्वरक गाउँपालिका दोस्रो भएको छ । कूल बेरुजु अंकलाइ लेखा परीक्षण गरिएको अंकले भाग गरी सयले गुणन गर्दा अहिले काम रहेको बेरुजु प्रतिशत आउँछ । मलेपको प्रतिबेदन अनुसार झापाको शिवसतासी नगरपालिकाको बेरुजु ०.०६ प्रतिशत अर्थात ११ लाख ७७ हजार रुपैंया मात्र कायम भएको छ । यो नगरपालिकाको कूल १ अर्ब ९० करोड ५३ लाख ६८ हजार रुपंैंयाको लेखा परीक्षण गरिएको थियो । यस्तै ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको बेरुजु ०.०६५ प्रतिशत अर्थात् ६ लाख ३१ हजार रुपैंया देखिएको छ । सिरिजंगाको ९६ करोड ५६ लाख ७४ हजार रुपैंयाको लेखा परीक्षण गरिएको थियो । पाथीभरा याङ्वरक गाउँपालिकाको बेरुजु ०.०६६ प्रतिशत अर्थात् ५ लाख ५ हजार रकम देखिएको छ । यो गाउँपालिकाको ७५ करोड ८३ लाख ८१ हजार रुपैंयाको लेखा परीक्षण गरिएको थियो । ताप्लेजुङको फुङ्लिङ नगरपालिका पनि बेरुजु रकम कम हुने देशभरका उत्कृष्ट ११ औं तथा ताप्लेजुङ भरीका स्थानीय तहमा कम बेरुजु हुने तेस्रो स्थानीय तह बनेको छ । कम बेरुजु हुने नगरपालिकामा ताप्लेजुङको फुङ्लिङ नगरपालिका देशभरमै दोस्रो बनेको छ । फुनपाको बेरुजु ०.२६ प्रतिशत अर्थात ३४ लाख ६६ हजार रहेको मलेप प्रतिबेदनले देखाएको छ । फुनपाको १ अर्ब ३१ करोड ४४ लाख ६१ हजार रुपैंयाको लेखा परीक्षण गरिएको थियो । मलेपको प्रतिबेदनमा ताप्लेजुङको सिरिजंगा र पाथीभरा याङ्वरकको बेरुजु प्रतिशत ०.०७ प्रतिशत लेखिएपनि यर्थात अंक भने क्रमशः ०.०६५ र ०.०६६ प्रतिशत हुन आउँछ ।
कम बेरुजु हुने देशभरका ११ स्थानीय तह
१,शिवसतासी नगरपालिका,झापा(०.०६ प्रतिशत)
२,सिरिजंगा गाउँपालिका,ताप्लेजुङ(०.०६५ प्रतिशत)
३,पाथीभरा याङ्वरक गाउँपालिका,ताप्लेजुङ(०.०६६ प्रतिशत)
४,कमल गाउँपालिका,झापा(०.०८ प्रतिशत)
५,शहीदलखन गाउँपालिका, गोरखा(०.१० प्रतिशत )
६,याङ्वरक गाउँपालिका,पाँचथर(०.११ प्रतिशत )
७,दामोदरकुण्ड गाउँपालिका,मुस्ताङ(०.१२ प्रतिशत )
८,झिमरुक गाउँपालिका,प्युठान(०.१५ प्रतिशत )
९,सिलिचोङ गाउँपालिका,संखुवासभा(०.१७ प्रतिशत )
१०,हतुवागढी गाउँपालिका,भोजपुर(०.१९ प्रतिशत )
११,फुङ्लिङ नगरपालिका,ताप्लेजुङ(०.२६ प्रतिशत )
बढी बेरुजु हुने देशभरका १० स्थानीय तह
१,पिपरा गाउँपालिका,महोत्तरी(३७.९७प्रतिशत)
२,जगन्नाथपुर गाउँपालिका,पर्सा(२९.६९ प्रतिशत)
३,साम्सी गाउँपालिका,महोत्तरी(२८.३० प्रतिशत)
४,चौधीमाइ नगरपालिका,रौतहट(२७.१३ प्रतिशत)
५,सबैला नगरपालिका, धनुषा (२६.३८ प्रतिशत )
६,रामगोपालपुर नगरपालिका,महोत्तरी (२६.३५ प्रतिशत )
७,हरिपूर्वा नगरपालिका,सर्लाही(२४.७१ प्रतिशत )
८,पर्सा गाउँपालिका,सर्लाही(२४.३१प्रतिशत )
९,मौलापुरर नगरपालिका,रौतहट(२२.७८ प्रतिशत )
१०,दुर्गाभगवती गाउँपालिका,रौतहट(२२.७३ प्रतिशत )
ताप्लेजुङका स्थानीय तहमा कति बेरुजुु
१,पाथीभरा याङ्वरक गाउँपालिका ः ५ लाख ५ हजार रुपैंया
२,सिरिजंगा गाउँपालिका ः ६ लाख ३१ हजार रुपैंया
३,फुङ्लिङ नगरपालिका ः ३४ लाख ६६ हजार रुपैंया
४,मिक्वाखोला गाउँपालिका ः १ करोड ५० हजार रुपैंया
५,फक्ताङ्लुङ गाउँपालिका ः १ करोड ११ लाख ४२ हजार रुपैंया
६,सिदिङ्वा गाउँपालिका ः १ करोड ४६ लाख ९४ हजार रुपैंया
७,आठराइ त्रिबेणी गाउँपालिका ः २ करोड १३ लाख ४ हजार रुपैंया
८,मेरिङ्देन गाउँपालिका ः २ करोड ३९ लाख २१ हजार रुपैंया
९,मैवाखोला गाउँपालिका ः २ करोड ४४ लाख ५३ हजार रुपैंया

अरुलाई पनि शेयर गरौ !

Similar Posts