|

ताप्लेजुङको पाथीभरा याङ्वरकले आरसीसी भवन बनाउन चाहनेलाइ दियो अवसर,भदौ मसान्त सम्म नक्सा बनाउन चाहे राजश्व छुट र निःशुल्क नक्सा बनाइदिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ८ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आउँदो भदौ मसान्त सम्मका लागि राजश्व छुट सहित निःशुल्क भवनको डिजाइन गरिदिने भएको छ । आरसीसी भवन निर्माण कार्यमा भवन संहिता र बस्ती विकास शहरी योजनना तथा भवन निर्माण सम्वन्धी आधारभूत मापदण्ड २०७२ कार्यान्वयन गर्न पालिकाले यस्तो नीति ल्याएको हो । प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार आरसीसी भवन निर्माणको अभ्यासमा बृद्धि र निर्माण हुने भवनमा भवन संहिताको पूर्ण कार्यान्वयनका लागि गाउँपालिकाले छुट सहितको सुबिधा ल्याएको हो । गाउँपालिकाले आरसीसी भवन निर्माण गर्न इच्छुक पालिकाबासीहरुले राजश्व छुट सहित निःशुल्क रुपमा भवन डिजाजनको सुबिधाका लागि पालिकाको नक्सा पास शाखामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । भवन निर्माण संहिता भवन निर्माण कार्य नगर्नेहरुलाइ पालिकाले वस्ती विकास शहरी योजना तथा निर्माण सम्वन्धी आधारभूत निर्माण मापदण्ड २०७२ को बुँदा नम्बर ५.४ र १३.१० आर्कषित हुने स्पष्ट पारेको छ । वस्ती विकास शहरी योजना तथा निर्माण सम्वन्धी आधारभूत निर्माण मापदण्ड २०७२ को बुँदा नम्बर ५.४ मा पूर्ण वा आशिंक रुपमा निर्माण सम्पन्न हुने भवनहरुमा मात्र स्थानीय तहले आधारभूत सार्वजनिक पूर्वाधार (खानेपानी,बिजुली आदि) जडानको सिफारिस गर्ने उल्लेख गरिएको छ । यस्तै गाउँपालिकाको स्विकृती बिना सम्बन्धित निकायहरुले उपभोक्ताहरुलाई यी सेवाहरु प्रदान नहुने पनि यो बुँदामा उल्लेख गरिएको छ । यसको अर्थ मापदण्ड पूरा नभए निर्माण भएका भवनहरुमा आधारभूत सार्वजनिक पूर्वाधार जस्तै बिजुली,खानेपानी सहितका सुबिधा जोड्नबाट रोक लाग्ने छ । यस्तै बुँदा नम्बर १३.१० मा मापदण्ड लागू भएको क्षेत्रमा सोको पालना नगरी बनेको कुनै पनि भवनलाई स्थानीय तहले पूर्ण वा आंशिक रुपमा भत्काउन लगाउने वा भत्काउनेछ । भवनको स्वामित्वकर्ताले आनाकानी गरेको कारणले मापदण्ड विपरित निर्माण भएको कुनै भवन स्थानीय तहले भत्काउनु परेमा भत्काउन लाग्ने खर्च निज स्वामित्वकर्ताबाट सरकारी बाँकी सरह असुल उपर गरिने उल्लेख गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts