सिरिजंगाले ल्यायो ५० करोड ५७ लाख रुपैंयाको बजेट,मनोज गजुरेललाइ सिरिजंगाको छोरो उपनाम,एकजनालाइ एमबीबीएस पढाइने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि ५० करोड ५७ लाख रुपैंयाको बजेट ल्याएको छ । जिल्लाका ९ स्थानीय तहमध्ये सबैभन्दा छिटो बिहीबार उसले ४३ बुँदे नीति तथा कार्यक्रम र बजेट ल्याएको बजेट ल्याएको हो । उसले हाँस्य कलाकार मनोज गजुरेललाइ सिरिजंगाको छोरो उपमाले सम्मान गरेको छ भने उहाँलाइ गाउँपालिकाको पर्यटन सद्भावना दुत समेत घोषणा गरेको छ । गजुरेलको जन्म सिरिजंगा गाउँपालिकाको वडा नं ६ मामाङ्खेमा भएको हो । गाउँपालिकाले १ जनालाइ एमबीबीएस पढाउन आगामी आवमा १३ लाख रुपैंया दिने भएको छ ।

यस्तै सिरिजंगाको गौरव कञ्चनजंघा अभियानलाइ उसले बिशेष महत्व दिएको छ । गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम अन्र्तगत गाउँमै रोजगार गर्वको आधार अन्र्तगत गाउँपालिकाले लघु उद्यममार्फत कोभिड–१९ बाट संक्रमित न्यून आय भएका सुकुम्बासी परिवारलाइ बिशेष सुबिधा उपलब्ध गराउने नीति गाउँपालिकाले ल्याएको छ । सीप सिकी रोजगार बन्ने गरी बिभिन्न कार्यक्रम ल्याएको उसले जुत्ता÷चप्पल,स्यानीटरी प्याड,ढाका कपडा लघु उद्यम विकास कार्यक्रममार्फत स्थानीय स्तरमै यि सामग्री उत्पादनलाइ बिशेष जोड दिने भनेको छ । कञ्चनजंघाको पानी,हाम्रो आम्दानी भन्ने नाराका साथ कञ्चनजंघाको पानी अन्तराष्ट्रिय बजारमा पु¥याउन उसले मिनरल टावर उद्योग स्थापनाका लागि बिस्तृत परियोजना प्रतिबेदन तयारीको कार्य अघि बढाउने भएको छ । निःशुल्क शिक्षा हामी सबैको इच्छा नारा अन्र्तगत कक्षा ११ र १२ अध्ययन गर्ने पालिकाभरीका सम्पूर्ण बिद्यार्थीलाइ निःशुल्क अध्ययनको व्यवस्था,प्रत्येक वडाका १–१ जना सर्बोत्कृष्ट बिद्यार्थीलाइ प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिका भरीका ४१ वटै बिद्यालयका बिद्यार्थीको पोशाकमा एकरुपता कायम गर्ने नीति गाउँपालिकाले लिएको छ । उसले एसईई अघि कम्तिमा २ महिना निःशुल्क कोचिङ कक्षा चलाउने भएको छ भने उपाध्यक्ष छात्रबृति कार्यक्रम अन्र्तगत दलित महिला र अपाङ्गता परिचयपत्र प्राप्त बिद्यार्थीको भर्ना शुल्क,मासिक शुल्क,रजिष्ट्रेन शुल्क र परीक्षा शुल्क बापतको रकम गाउँपालिकाले व्यहोर्ने भएको छ । यस्तै प्रत्येक बर्षको एसईई परीक्षामा पालिका क्षेत्रबाट सर्बोत्कृष्ट नतिजा ल्याउने १ छात्र र १ छात्रालाइ १–१ थान ब्राण्डेड ल्यापटप सहित सम्मान गरिने भएको छ । यस्तै कक्षा ८ को बार्षिक परीक्षामा सर्बोत्कृष्ट नतिजा ल्याउने १ छात्र र १ छात्रालाइ नगद रकम सहित पुरस्कृत गर्ने घोषणा गाउँपालिकाले गरेको छ । अब प्रत्येक बर्ष सिरिजंगाको दिवसको अवसरमा वडा स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिने छ भने पालिका स्तरीय खेलकुद विकास समिति गठन गर्न स्थानीय कानुन निर्माण प्रकृया अघि बढाउने सिरिजंगाको नीति छ । गाउँपालिकाले यसअघि निर्णय गरेको गरेको कोरोना संक्रमित तथा कोरोना बिरुद्ध खटिने जनशक्तिका लागि प्रोत्साहन रकमलाइ आगामी आवमा पनि निरन्तरता दिने भनेको छ भने म स्वस्थ्य मेरो गाउँ स्वस्थ्य अभियानलाइ समेत निरन्तरता दिएको छ । गाउँपालिकाले घरमै बच्चा जन्माउने कार्यलाइ शुन्यमा झार्ने भनेको छ भने त्यसका लागि प्रत्येक वडामा बर्थिङ सेन्टर निर्माण गरिने भएको छ । अहिले सम्म वडा नं ६ मामाङ्खे र वडा नं ७ खेवाङमा मात्र बर्थिङ सेन्टर छैन । गाउँपालिकाले स्वस्थ्य आमा,स्वस्थ्य बच्चा नारा अघि सारेको छ । यो अभियानका लागि गर्भवती भएको १६ हप्ता देखि सुत्केरी भएको ६ महिना सम्म सम्पूर्ण गर्भवती एवम् सुत्केरी महिलालाइ सम्वन्धित स्वास्थ्य संस्थामार्फत निःशुल्क क्याल्सियम चक्की बितरणको व्यवस्था गरिने भएको छ । पालिकाले एक घर एक धारा अभियानलाइ पूर्ण रुपमा कार्यान्वयन गर्दै लैजाने भनेको छ । पालिकाले गत बर्ष सिरिजंगाको जन्म दिवसको सुअवसरमा शिलान्यास गरेको पालिकाको प्रशासकीय भवन आउँदो बर्ष सिरिजंगाको जन्म दिवसकै दिन उद्घाटन गर्ने घोषणा गरेको छ । पालिकाले कार्यालयको काम अह्राएर होइन,मन पराएर पनि गर्ने भन्ने नारा अन्र्तगत पालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने एकजनालाइ सर्बोत्कृष्ट र अरु ३ जनालाइ उतकृष्ट शिक्षक÷कर्मचारीलाइ सम्मान गर्ने भएको छ । पालिकाले युवाहरुलाइ लक्षित गरी नमुना गाउँसभा सञ्चालन,टोल विकास संस्थामार्फत बृक्षरोपण अभियान समेत सञ्चालन गर्ने भएको छ । यस्तै कृषि तथा पशुपंक्षितर्फ सिरिजंगाको सान,उद्यमशील किसान कार्यक्रमलाइ निरन्तरता दिइएको छ । पालिकाले माटो सुहाउँदो खेती प्रणालीका लागि निःशुल्क माटो परीक्षणको व्यवस्था मिलाउने घोषणा गरेको छ भने पालिका भरीका ७२ वटै टोल विकास संस्था क्षेत्रहरुमा कृषकको मागमा आधारित साझेदारी कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । ८ वटै वडाका ५ सय ५० कृषकलाइ लागत साझेदारीका आधारमा टनेख खरिद गरी बितरण गर्ने,वडा नं २ आम्बेगुदिन र वडा नं ५ पेदाङ्गमा साना शीत भण्डार निर्माण गर्ने,सिकैचा र मामाङ्खेलाइ बाख्रा,आम्बेगुदिन र पेदाङलाइ किवी,खेवाङ र याम्फुदिनलाइ चौंरी र सिनाम र तेल्लोकलाइ मकैको पकेट क्षेत्रको रुपमा विकास गर्ने गाउँपालिकाले नीतिमार्फत घोषणा गरेको छ ।


गाउँपालिकाको नाम सिरिजङ्घाको सट्टा सिरिजंगा राख्न प्रस्ताव पठाइने
बजेट अधिबेशन तथा नवौ गाउँसभाले गाउँपालिकाको नाम सिरिजङ्घाको सट्टा सिरिजंगा राख्ने गरी परिवर्तन गर्न सुझाव लिने उद्देश्यले कार्यदल गठन गर्ने सर्वसम्मत निर्णय लिएको छ । स्थानीय सरकार सञ्चालन ऐन(कात्तिक मसान्त २०७४ सम्ममा भएका शंसोधन समेतलाइ मिलाएको)२०७४ को परिच्छेद २ को दफा ४ को उपदफा (३) मा गाउँपालिका वा नगरपालिकाको नाम र केन्द्र हेरफेर सम्वन्धी व्यवस्था गरिएको छ । जस अनुसार गाउँपालिका वा नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्नु परेमा सम्वन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुइ तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकार समक्ष पेश गर्न सक्ने व्यवस्था रहेको छ । यसरी प्राप्त भएको प्रस्ताव नेपाल सरकारले उपर्युक्त देखेमा त्यस्तो गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न सकिने व्यवस्था रहेको छ । किराती लिपिका पुनरुत्थापक,प्रचारक तथा अध्यात्मवादी समाज सुधारकका रुपमा चिनिएका ऐतिहासिक व्यक्तित्व सिरिजंगा सिङ् थेबेको नामबाटै गाउँपालिकाको नामाकरण गरिएपनि उनै इतिहास व्यक्तित्वको नाममा नामाकरण गरिएको गाउँपालिकाको नाम हुनुपर्नेमा सिरिजङ्घा भएकाले सच्याउन माग हुँद आएको थियो । उक्त गाउँपालिकाको नाम परिवर्तन गराउनका लागि ‘सिरिजंगा नाम सुधार अभियान समिति’ नै गठन गरेर स्थानीयले अभियान थालेका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts