सासु भत्ता पाउने लाभग्राहीको नाम छुटे या अद्यावधिक नभए सिदिङ्वामा अब वडा सचिव दोषी ठहरिने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,२० जेठ २०ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम प्रबिष्ट गर्न र अद्यावधिक गर्न छुटी सामाजिक सुरक्षा भत्ता निकासा नभए त्यसको सम्पूर्ण जिम्मेवारी वडा सचिव लिनुपर्ने नियम बनाएको छ । यस्तै र बैंक खाता खोल्न छुट भइ रकम निकासा हुन नसके त्यसको जिम्मेवारी सम्वन्धित लाभग्राही आफैंले स्वीकार गर्नुपर्ने नियम समेत गाउँपालिकाले बनाएको छ । वडा अध्यक्षले आफ्ना लाभग्राहीको नामथर छुट भए÷नभएको तथा बैंक खाता खोले÷नखालेको बारे सम्वन्धित लाभग्राहीसंग बुझी सम्वन्धित वडा सचिवलाइ जानकारी दिनुपर्ने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार गाउँपालिकाबाट बितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि कतिपय लाभग्राहीहरुले बैंकमा खाता नखोलेको देखिएको भन्दै अन्तिम पटक यस कार्यको सहजीकरणका लागि वडाका जनप्रतिनिधि र वडासचिवहरुलाइ जानकारी गराइएको हो । वडा सचिवले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम भिईआरएस एमआईएस प्रणालीमा प्रबिष्ट र अद्यावधिक नगरेको अवस्थामा लाभग्राही सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भए त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने गाउँपालिकाले जनाएको छ । यस्तै चालू आर्थिक बर्ष २०७७।०७८ को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्न अपुग रकम विभागसंग माग गर्नुपर्ने भएकोले लाभग्राहीको बिबरण अद्यावधिक गरी २५ जेठ भित्र सफ्ट कपी र हार्ड कपी दुबै प्रमाणित गरी पालिकाको सामाजिक सुरक्षा भत्ता तथा पञ्जीकरण शाखामा समेत पठाउन समेत पालिका भरीका सम्पूर्ण पञ्जीकाधिकारीलाइ परिपत्र गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts