सिदिङ्वाले वडागत रुपमा सेवा प्रवाह गर्न तोक्यो दिन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १९ । कोरोना संक्रमणको भयबाट बच्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले वडागत रुपमा सेवा प्रवाह गर्नका लागि दिन तोकेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार प्रत्येक साताको आइतवार वडा नं १ कालिखोला र वडा नं २ सादेवाका बासिन्दालाइ सेवा प्रवाह गरिने छ । यस्तै प्रत्येक सोमवार वडा नं ७ सुरुम्खिम,मंगलवार वडा नं ६ मेहेले,बुधवार वडा नं ३ आङ्खोप,बिहीबार वडा नं ५ लिम्बूदिन र शुक्रवार वडा नं ४ साब्लाखुका सेवाग्राहीलाइ सेवा बितरण गरिने गाउँपालिकाले जनाएको छ । सेवा लिन जाने सेवाग्राहीले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा कार्यालय परिसरमा राखिएको साबुनपानीले हात धोएर मात्र सेवा बितरण कक्षमा प्रवेश गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts