पौडी खेल्दा बेपत्ता भएका युवक मृत भेटिए

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १९ । पौडी खेल्ने क्रममा बेपत्ता भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका १९ बर्षिय दिनेश चौहानको शव फेला परेको छ । काबेली खोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको शव बिहान ७ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेको पुष्टी गर्नुभयो । मंगलवार पौडी खेल्ने क्रममा सिरिजङ्घा गाउँपालिका वडा नं २ आम्बेगुदिन र सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेले जोड्ने काबेली खोलास्थित निर्माणाधिन पुल नजिकबाट बेपत्ता भएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts