सुकेटार बिमानस्थलको नाम परिवर्तन गर्ने सरकारी निर्णय प्रति मिश्रित प्रतिक्रिया,अधिकाँसको बिरोध,सर्वदलिय बैठक समेत डाकियो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १६ । सरकारले बजेट बक्तब्यमार्फत ताप्लेजुङस्थित सुकेटार बिमानस्थलको नाम परिवर्तन गर्ने निर्णय लिएपछि मिश्रित प्रतिक्रिया आउन थालेका छन् । सुकेटार बिमानस्थलको नाम परिवर्तन प्रति अधिकाँसले बिरोध जनाएका छन् । पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले सुकेटार बिमानस्थलको नाम परिवर्तन प्रति सांकेतिक बिरोध बुझिने घुमाउरो प्रतिक्रिया जनाउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिदैं ‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानको परिचय बदल्नु भन्दा अघि त्यसको आवश्कयता,औचित्यता,सान्र्दभिकता परिणामका बारेमा स्थानीय सरोकारवाला समूह,जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिर्मश गरी सहमति निर्माण हुनुपर्ने भन्नु भएको छ । उहाँले यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुन सक्छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भने मात्रै सहि परिणाममा पुग्न सक्छ । अन्यथा,बिबाद,बिभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्छ’उहाँले सामाजिक सञ्जालमा भन्नु भएको छ । उहाँको प्रतिक्रिया आउनु अघि माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजयप्रकाश वनेमले सुकेटार बिमानस्थलको नाम परिवर्तनप्रति सामाजिक सञ्जालमै पूर्व मन्त्री भट्टराईको औपचारिक धारणा माग गर्नु भएको थियो । सरकारले शनिवार आर्थिक २०७८।०७९ का लागि प्रस्तुत गरेको बजेट बक्तब्यमार्फत सुकेटार बिमानस्थलको नाम रवीन्द्र अधिकारी बिमानस्थल र तेह्रथुमको चुहानडाँडास्थित बिमानस्थलको नाम आङछिरिङ शेर्पा बिमानस्थल नामाकरण गर्ने निर्णय लिएको जनाएको थियो । सरकारले गरेको सो निर्णयको अधिकाँसले बिरोध जनाएका छन् । बिमानस्थलको नाम परिवर्तन प्रति असहमति जनाउँदै आइतवार अपरान्ह सर्वदलिय बैठक समेत आवहान गरिएको छ । सुकेटार बिमानस्थलको नाम परिवर्तनको नागरिक स्तरबाट समेत बिरोध हुन थालेको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौका उपाध्यक्ष टंक श्रेष्ठले सामाजिक सञ्जालमा थात्थलोको नाम सुकेटार परिवर्तन गर्ने प्रकृयाको बिरोधमा आन्दोलनमा उत्रन आवहन गर्नु भएको छ । नेकपा एमाले(ओली समूह)का जिल्ला सचिव दीपेन पोमूले सांकेतिक प्रतिक्रिया दिदैं‘मुकुम्लुङ पाथीभरा हुँदा कसैको टाउको दुखेन त ? मुकुक्लुङ पहिला कि पाथीभरा पहिला ? भन्ने प्रतिक्रिया दिनु भएको छ । नेपाली काँग्रेसका युवा नेता जंग सुनुवारले सुकेटार एअरर्पोटलाइ रवीन्द्र अधिकारी बिमानस्थल बनाउनु पर्छ भने सिफारिस गर्ने को हो भनेर प्रश्न गर्नु भएको छ । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कीर्तिमान मादेनले थात्थलो र ऐतिहासिक पृष्ठभूमीको नाम सुुकेटारलाइ नामेट गर्ने कार्य सैह्य नभएको भन्दै सरकारको निर्णयको कडा प्रतिवाद गर्नु भएको छ । अधिकाँस स्थानीयले सुकेटार बिमानस्थलको नाम परिवर्तनप्रति आपत्ति जनाउँदै सरकार त्यो निर्णयबाट तत्काल पछि हट्नुपर्ने भनेका छन् । तत्कालिन पर्यटनमन्त्री रवीन्द्र र पर्यटन व्यवसायी आङ्छिरिङ सहित ७ जनाको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । सरकारले उहाँहरुकै सम्मानमा दुबै बिमानस्थलको नामाकरण गरेको दावी गरेको छ । तर उहाँहरुको मृत्युसंग सुकेटार बिमानस्थलको कुनै सम्वन्ध नरहेको भन्दै अधिकाँस स्थानीयले सुकेटार बिमानस्थलको नाम परिवर्तन प्रति तीव्र असन्तुष्टी जनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts