ताप्लेजुङमा १८ नयाँ कोरोना संक्रमित थपिँदा १० जना निको भए

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, जेठ । ताप्लेजुङमा १८ जना नयाँ कोरोना संक्रमित थपिँदा १० जना कोरोना संक्रमित निको भएका छन् । बुधवार राति प्राप्त ५९ जनाको रिर्पोटमा २१ जनाको रिर्पोट पोजेटिभ आएकोमा १८ जना नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत तथा कोभिड फोकल पर्सन हेमराज कठायतका अनुसार यसअघि संक्रमित ३ जनाको रिर्पोट यसपटक पनि पोजेटिभ नै आएको छ । ५९ मध्ये २८ जनाको रिर्पोट नेगेटिभ आएको समेत कठायतले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts