| |

ताप्लेजुङमा बैंक तथा बित्तीय संस्थाको सञ्चालनमा कडाइ,बित्तीय संस्था बन्द,बैंकले अत्यावश्यक सेवा मात्र दिने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २४ । ताप्लेजुङमा शुक्रवारबाट बैंक तथा बित्तीय संस्थाको सञ्चालनमा कडाइ गरिएको छ । बित्तीय संस्थाको कारोवार शुक्रवारबाट अर्को सूचना जारी नभइञ्जेल सम्मका लागि बन्द गरिएको छ भने बैंकहरुको हकमा अत्यावश्कय बाहेकका सबै सेवा स्थसगत गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सूचना प्रकाशित गरी जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै फुङ्लिङ बजारमा कोरोना संक्रमणको बढ्दो जोखिमलाइ मध्यनजर गर्दै फुङ्लिङ बजारका बैंकहरुमा अतयावश्यक सेवा बाहेक सम्पूर्ण कार्यहरु बन्द गर्नुका साथै बैंकमा सुरक्षाकर्मी बाहेक १ जना मात्र कर्मचारी उपस्थित भइ अत्यावश्यक सेवा मात्र प्रदान हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले गत २० बैशाखको साँझ ६ः०० बजे देखि फुङ्लिङ नगरपालिका क्षेत्रमा निशेधाज्ञा लागु गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts