|

लागत साझेदारीमा चौंरी तथा भेडा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै सिदिङ्वा,किसानले पाउने भए ४० लाख अनुदान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,१८ बैशाख । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले लागत साझेदारीमा चौंरी तथा भेडा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले लागत साझेदारीमा पशुपंक्षि प्रवद्र्धन कार्यक्रम कार्य सञ्चालन प्रकृया २०७७ बमोजिम ४० लाख रुपैंया अनुदान दिन लागेको हो । कूल अनुदान रकम मध्ये २० लाख रुपैंया संघीय सरकारको सर्शत अनुदान तथा २० लाख रुपैंया गाउँपालिकाले व्यहोर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश ठाकुरले जानकारी दिनुभयो । भेडा र चौंरी प्रवद्र्धन कार्यक्रमका लागि २०–२० लाख रुपैंया खर्च गरिने छ । इच्छुक सहकारी संस्था,कृषक समूह र समितिहरुले परियोजनाको कूल अंक अनुसार लागत साझेदारी गर्ने भएका छन् । लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न इच्छुक सहकारी संस्था,कृषक समूह र समितिहरुले परियोजना सञ्चालनको कार्ययोजना र दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने भएको छ । कृषक सहकारीको हकमा कृषि तथा पशुपालन सञ्चालन गर्ने उद्देश्यले गठित संस्थाा भएको खुल्ने कागजात समेत पेश गर्नुपर्ने भएको छ । २९ बैशाख सम्मका आबेदन दिइ सक्नु र आबेदन दिन इच्छुक सहकारी संस्था,कृषक समूह र समितिहरुले कार्य समितिको निर्णय,स्थायी लेखा नम्बरको प्रतिलिपि,सम्वन्धित वडा कार्यालयको सिफारिस,व्यवसाय÷कार्यक्रम सञ्चालन गर्ने स्थानको धनीपूर्जाको प्रतिलिपि वा सम्झौतापत्र र कृषक समूह र सहकारीको हकमा चालू आर्थिक बर्षको लेखा परीक्षण प्रतिबेदन समेत संलग्न राख्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts