दोस्रो लहर सुरुभएयता ताप्लेजुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुग्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,१८ बैशाख । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै ताप्लेजुङमा यहिँ संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । शुक्रवार फुङ्लिङ नगरपालिका वडा नं ४ की ८५ बर्षिय एक महिलाको मृत्यु भएसंगै कोरोना संक्रमणको दोस्रो लहर सुरुभएयता ताप्लेजुङमा मृत्यु हुनेको संख्या २ पुगेको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पहिले देखि नै मुटुरोगबाट ग्रसित बृद्ध महिलालाइ उपचार पछि घर ल्याइ पु¥याउँदा मृत्यु भएको जानकारी मृतकका परिवारजनले दिएको बताउनुभयो । प्रजिअ पाण्डेका अनुसार ८५ बर्षिय ति बृद्धको एन्टीजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । यसअघि फुङ्लिङ नगरपालिका वडा नं ६ का ५२ बर्षिय एक पुरुषको समेत कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।
परिवारले नै अन्त्येष्टी गर्ने
कोरोना संक्रमण देखिएको केहि समयपछि मृत्यु भएकी ८५ बर्षिय मृतकलाइ परिवारजनले नै अन्त्येष्टी गर्ने भएका छन् । संक्रमण पुष्टी भइसकेपछि पनि एउटै सवारीमा संगै बसेर झापाबाट ताप्लेजुङम्म आएका मृतकका ४ जना आफन्तहरु संक्रमितसंग नजिक रहेको अवस्थामा उहाँमार्फत नै अन्त्येष्टी गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।‘हामी संगै आएका सदस्य मात्रै भेला भएर अन्त्येष्टी गर्ने भनेर ४ थान पीपीइ माग्न आउनु भएको थियो,माग अनुसार उहाँहरुलाइ उपलब्ध गराइएको छ’प्रजिअ पाण्डेले भन्नुभयो । उहाँले अन्य मलामी जान नपाउने शर्तमा पीपीइ उपलब्ध गराइएको र पीपीइ लगाएर शव अन्त्येष्टी गरिने जानकारी दिनुभयो । संक्रमित मृतक परिवारका सदस्यले शव बुझ्न चाहेमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर अन्त्येष्टी गर्न सकिने गरी आफन्तलाइ शब बुझाउन सकिने मान्यता रहेकोले आफुहरुले पनि त्यहिँ बिधि अपनाएको उहाँले जानकारी दिनुभयो । तर,शव व्यवस्थापन कार्यमा स्वास्थ्य सुरक्षाका सबै उपायहरु अवलम्बन भएको हुनुपर्ने र त्यसको निरागानी कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले गर्ने उनले जानकारी दिनुभयो । यसअघि संक्रमण पुष्टी भएका ५२ बर्षिय पुरुषको शव भने नेपाली सेनाको शव व्यवस्थापन टोलीले गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts