|

जनप्रतिनिधिसंग सम्पर्क सहज बनाउन सिरिजङ्घाले प्रयोगमा ल्यायो ‘अफिसियल नम्बर’

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,१४ बैशाख । सेवाग्राहीहरुलाइ जनप्रतिनिधिसंग सम्पर्क गर्न होस् भन्ने उद्देश्यले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पालिका भित्रका ८ वटै वडाका वडाध्यक्षहरुले प्रयोग गर्ने मोवाइल नम्बर सार्वजनिक गरेको छ । वडा नं १ देखि वडा नं ८ सम्मका सबै वडाध्यक्षहरुले प्रयोग गर्ने‘अफिसियल नम्बर’सार्वजनिक गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार सम्वन्धित वडाबाट सार्वजनिक सेवा लिने सेवाग्राहीहरुको सहजता र वडाहरुको कार्यालयगत नम्बरहरुमा एकरुपता कायम गर्ने उद्देश्यले गाउँपालिकाले वडागत नम्बर उपलब्ध गराएको हो । वडा नम्बर १ का वडाध्यक्षले प्रयोग गर्ने कार्यालयगत नम्बर ९८५२६६१००१ देखि सुरु भएको छ भने वडा नं २ देखि वडा नम्बर ८ सम्मका वडाध्यक्षले प्रयोग गर्ने नम्बर क्रमशः९८५२६६१००२ देखि ९८५२६६१००८ सम्म कायम गरिएको गाउँपालिकाले जनाएको छ ।

यसअघि गाउँपालिकाले गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने कार्यालयगत मोवाइल नम्बर समेत सार्वजनिक गरेको थियो । अहिले सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले ९८५२६६०३३१ र प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले ९८५२६६०३३२ नम्बर प्रयोग गर्दै आइरहनु भएको छ । यस्तै उपाध्यक्ष ज्ञानमाया चौहानको मोवाइल नम्बर ९८६३८८८६२०,एम्बुलेन्स चालकको ९८६३८८८६२१ र सूचना अधिकारीको ९८६३८८८६२१ नम्बर प्रयोगमा रहेको गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts