२७० जनामा कोरोना भाइरसको संक्रमण

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,माघ २ । पछिल्लो २४ घन्टामा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ । विवरण अनुसार यो अवधिमा ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३९० जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । निको भएका संक्रमितहरूको दर ९७.७ प्रतिशत छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts