|

कोरोना संक्रमणका कारण आज पनि ७ जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,पुस ६ । कोरोना भाइरस संक्रमणका कारण सोमबार पनि देशभर ११ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय संक्रमण दर कम देखिए पनि मृत्युदर भने बढिरहेको तथ्यांकहरुले देखाएका छन् । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसको उपचारपछि १ हजार ७९ जना संक्रमित डिस्चार्ज भएका छन् । आजको डिस्चार्ज संख्यासहित कोरोना निको हुनेको २ लाख ४४ हजार ७४३ जना पुगेको छ । यो भनेको ९६ प्रतिशतभन्दा बढीलाई कोरोना निको भएको हो । आज पनि ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बुलेटिनमा जनाएको छ । आजको संख्यासहित नेपालमा २ लाख ५४ हजार ५१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा देशभरका ८० प्रयोगशालामा ६ हजार ३५१ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ देखिएको हो । हालसम्म १८ लाख ७७ हजार १८१ जनामा पीसीआर नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या भने ७ हजार ९७६ रहेको छ । त्यस्तैगरी हाल विभिन्न जिल्लामा ४२१ जना क्वारेन्टाइनमा रहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts