आफ्नै दलको युवा तथा बिद्यार्थीले ताप्लेजुङमा जलाए प्रधानमन्त्री ओलीको पुत्ला

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, पुस ६ । संसद बिगठनलाइ प्रतिगमनको संज्ञा दिदैं ताप्लेजुङको फुङ्लिङमा सत्तारुढ दलकै बिद्यार्थी घटक अनेरास्वबियु र युवा दस्ता युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । बीरेन्द्रचोकबाट नाराबाजी सहित निस्किएको ¥यालीकै बीचमा तोक्मेमा पुगेर पुत्ला दहन गरिएको थियो ।

नारा जुलुस कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरु समेत सहभागी थिए । अनेरास्वबियुका केन्द्रीय सदस्य प्रजिन हाङ्वाङले जनमत बिपरित अलोकतान्त्रिक ढंगबाट गरिएको संसद बिगठन कुनै पनि हालतमा स्वीकार्न नसकिने बताउनुभयो । अनेरास्वबियुका जिल्ला संयोजक डिल्लीराम न्यौपानेले दुई तिहाइ नजिकको जनमत प्राप्त पार्टीकै सरकारका नेतृत्वकर्ताबाट भएको संसद बिगठन अराजनीतिक भएको टिप्पणी गर्नुभयो ।

बिरोध कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन सहितका जनप्रतिनिधि,नेकपाका प्रदेश कमिटी सदस्य,जिल्ला कार्यालय सदस्य लगायतको सहभागिता रहेको अनेरास्वबियुका जिल्ला सहसंयोजक किरण लिङ्देनले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts