‘उज्यालो पालिका’ बनाउने अभियानमा ताप्लेजुङको आठराई त्रिबेणी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले‘उज्यालो गाउँपालिका’ बनाउने अभियान सुरु गरेको छ ।

पालिकाका प्रत्येक घरधुरीमा बिद्युत जडान गर्नेगरी प्रकृया अघि बढाउन पालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका अधिकारीसंग भेट गर्नु भएको छ ।

निर्देशनालयका प्रमुख गणेश शाह र निर्देशक अच्युत घिमिरेसंग छलफल गरी पोमूले पालिकाका केहि घरधुरीमा पुग्न नसकेको बिद्युत जडान र ग्रीड सोलारको काम तत्काल अघि बढाउनुपर्नेमा जोड दिनु भएको पोमूको सचिवालयले जनाएको छ ।

पोमूले यसै आर्थिक बर्ष २०८०।८१ मै सो सम्वन्धी सम्पूर्ण काम अघि बढाउन निर्देशनालय सकारात्क रहेको जानकारी दिनुभयो । आठराई त्रिवेणी गाउँपालिकाले घरायसी प्रयोजनमा प्रयोग भएको पालिकाका सम्पूर्ण उपभोक्ताहरुको महसुल निःशुल्क गरिदिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts