| |

रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले कोरोना बिरुद्ध खटिने टोलीलाइ बाँड्यो मास्क र स्यानीटाइजर

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १९ । स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले बुधवार कोरोना बिरुद्ध अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षाकर्मी,स्वास्थ्यकर्मी सञ्चारकर्मीका लागि मास्क तथा स्यानीटाइजर बितरण गरेको छ । प्रतिष्ठानले नेपाली सेनाको यहाँस्थित नयाँ भीमकाली गुल्म,जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल,ताप्लेजुङ जिल्ला अस्पताल र पत्रकार महासंघमार्फत सम्पूर्ण सञ्चार संस्थाहरुलाइ उपलब्ध हुने गरी मास्क तथा स्यानीटाइजर बितरण गरेको हो । प्रतिठानका सदस्य तथा सञ्चारकर्मी दिनेश लिङ्खिमले नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,ताप्लेजुङ अस्पताल र पत्रकार महासंघ ताप्लेजुङलाइ जनही १–१ सय थान केएन–९५ मास्क र ५–५ लिटरका दरले स्यानीटाइजर हस्तान्तरण गर्नु भएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै लिङ्खिमले कोरोना बिरुद्धको अभियानमा अग्रभागमा खटिने जनशक्तिका लागि प्रतिष्ठानले स्वास्थ्य तथा सुरक्षाका सामग्री प्रदान गरेको जानकारी दिनुभयो । बिक्रम् सम्वत २००४ सालमा जन्मेका पूर्व ब्रिटिस आर्मी रणबहादुरको २०५२ साल असोज ९ गते बुधवार निधन भएको थियो । निधन भएको दिन पारेर मृत आत्माको चीर शान्तिका लागि कोरोना बिरुद्धका स्वास्थ्य सामग्री बितरण गरिएको लिङ्खिमले बताउनुभयो । कार्यक्रममा भीमकाली गुल्मका गुल्मपति सेनानी निरजबिक्रम थापा मगर,सशस्त्र प्रहरी बल १ नं गुल्म,कञ्चनजंघा हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठ,ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामा,जिल्ला प्रहरी कार्यालय अन्र्तगत इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक अर्जुनकुमार पोखरेल,पत्रकार महासंघ ताप्लेजुङका कार्यवाहक अध्यक्ष चन्द्र पन्दाक(प्रयास)पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष समेत रहनु भएका उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी तथा रेडियो ताप्लेजुङका स्टेशन म्यानेजर देवराज गुरुङ सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts