|

धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुल्ला गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा जान्छ ः भट्टराई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २१ । संस्कृति,पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेशकुमार भट्टराईले कोरोनाका कारण रोकिएका नेपालका धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन आउँदो कात्तिक १ गतेबाट खोल्ने सम्वन्धी प्रस्ताव मन्त्रीपरिषद्मा जान लागेको बताउनु भएको छ । सुरक्षाका सबै मापदण्ड अपनाएर र निश्चित संख्या तोकेर धार्मिक स्थलहरुमा क्रमशः भ्रमण तथा अवलोकनको प्रकृया सुरु गर्ने सम्वन्धी प्रस्ताव बिहीबारको मन्त्रीपरिषद्मा लैजाने भट्टराइले बताउनुभयो । ताप्लेजुङको ओलाङ्चुङगोलामा बुधवारबाट सुरु आउट बोर्डर पोष्ट(बिओपी)को उद्घाटन सकेर यहाँस्थित सुकेटार बिमानस्थल आइपुग्नु भएका मन्त्री भट्टराइले पत्रकारसंग संक्षिप्त कुरा गर्दै यस्तो बताउनु भएको हो । तर, उहाँले पेश भएको प्रस्ताव मन्त्रीपरिषद्बाट पारित भएमा मात्र धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुल्ला हुने बताउनुभयो ।‘मैले आज बिहानै मात्र सम्मानीय प्रधानमन्त्री ज्यु समक्ष यो प्रस्ताव बारे परार्मश गरेको छु’मन्त्री भट्टराइले भन्नुभयो‘बिहीबारको मन्त्रीपरिषद् बैठकले यस बारे ठोस निर्णय लिने छ’ । धार्मिक पर्यटनका क्षेत्रहरु खुल्ला भएको अवस्थामा पनि सुरक्षाका सबै मापदण्ड र एकपटकका भेला वा उपस्थित हुने संख्या भने कार्यविधि बनाएर निर्धारण गरिने उहाँको तर्क थियो । मन्त्री भट्टराइले आउँदो कात्तिक १ गतेबाट बिराटनगरबाट समेत पूर्वी पहाडका क्षेत्रहरुमा नेपाल एअर लाइन्सले उडान सुचारु गर्नेगरी तयारी गरिरहेको जानकारी दिनुभयो । अहिले केहि जिल्लाहरुमा काठमाडौबाट मात्र पूर्वी पहाडका उडान हुदैं आएको छ । भट्टराइका अनुसार अब काठमाडौ–ताप्लेजुङ–काठमाडौका अलवा बिराटनगर–ताप्लेजुङ–बिराटनगरको पनि उडान सुचारु हुने छ । नेपाल एअरलाइन्सले काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान तालिका सार्वजनिक गरेपनि अहिले सम्म यो उडान भने सुरु गरेको छैन । ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाको मौवाटारमा बुधवार नै बिओपी स्थापना भएको छ । यसअघि नै बिओपी स्थापना भइसकेको संखुवासभाको किमाथाङ्मा भने बिओपीको भवन शिलान्यास हुने छ । मौवाटारमा स्थापना हुने बिओपीका लागि त्यहाँ भौतिक संरचना नबने सम्म अहिले भने ओलाङ्चुङगोलामै बिओपी टोली रहने छ । मन्त्री भट्टराइले तत्कालका लागि ओलाङ्चुङगोलामै रहने बिओपीको उद्घाटन गर्नु भएको हो । मौवाटारमा संरचना बनीसकेपछि भने गोलाको बिओपी टोली मौवाटारमा स्थानान्तरण हुने छ । मन्त्री भट्टराइसहितको टोली संखुवासभाको किमाथाङ्कामा बिओपी भवनको शिलान्यास गर्न त्यसतर्फ जाने छ । सुकेटारबाट तुम्लिङटार गइ त्यहाँबाट किमाथाङ्का पुग्ने र त्यहाँ बन्ने बिओपी भवनको शिलायान्स सकेपछि पुनः तुम्लिङटार फर्किएर हेलिकोप्टर राजधानी फिर्ता हुने कार्यक्रम तय भएको छ । मन्त्री भट्टराइका साथ गृहसचिव महेश्वर न्यौपाने,नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,राष्ट्रिय अनुसन्धानका प्रमुख गणेशप्रसाद अधिकारी,सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल,सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरीका १ नं बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल,ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँई,गृह मन्त्रालयका उपसचिव भूपेन्द्र सापकोटा,सशस्त्र प्रहरी नायव उपरीक्षक अर्जुन पौडेल,गृह सचिवका निजी सुरक्षा अधिकृत प्रहरी निरीक्षक महेश केसी र सशस्त्र प्रहरीका फोटो ग्राफर रमेश श्रेष्ठ रहनु भएको छ । प्रजिअ चापागाँइ भने ओलाङचुङगोलाबाट फर्किएपछि ताप्लेजुङमै रहनु हुने छ भने अन्य टोली भने संखुवासभाको तुम्लिङटार जाने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts