चारबिधाका खेलकुद प्रशिक्षक राख्दै मेरिङदेन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ५ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले ४ बिधामा खेलकुद प्रशिक्षकलाई सेवा करारमा लिने भएको छ ।

पालिकाका शिक्षा अधिकृत(सातौं)खगेन्द्र कुमालका अनुसार भलिबल,कराँते,तेक्वादो र उसु बिधामा खेलकुद प्रशिक्षकलाई सेवा करारमा लिइन लागिएको हो । २०८३ सालमा सञ्चालन हुने पालिका र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डलाई मध्यनजर गरी पालिकाले खेलकुद प्रशिक्षकलाई तीन महिनाका लागि सेवा करार गर्न लागिएको पालिकाले जनाएको छ । यसबर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पाथीभरा याङवरकमा सञ्चालन हुँदैछ । खेलकुद प्रशिक्षकका लागि योग्यता पुगेका इच्छुकहरुले मंसिर १० गते भित्र पालिकामा आबेदन दिनुपर्ने पालिकाले जानकारी दिएको छ ।

खेलकुद प्रशिक्षकका लागि मेरिङदेन गाउँपालिका भित्रका नागरिकलाई बिशेष प्राथमिमता दिइने छ । नेपाली नागरिकताको प्रमाणपत्र,निरोगिताको प्रमाणपत्र,सम्वन्धित खेल बिधामा खेल प्रशिक्षण गरेको प्रमाणपत्रसहित पालिकाको शिक्षा,युवा तथा खेलकुद शाखामा आबेदन दिनु समेत पालिकाले भनेको छ । ताप्लेजुङका स्थानीय तहले अहिले धमाधम खेलकुद प्रशिक्षकलाई सेवा करारमा लिईरहेका छन् । खेलकुद क्षेत्रको प्रर्वद्धन र स्थानीय स्तरमा रहेका खेल प्रतिभाको सम्मान गर्दै दक्ष खेलाडी उत्पादन र व्यवसायिक खेल कौशलका लागि पालिकाले खेलकुद प्रशिक्षकलाई सेवा करारमा लिने निर्णय लिएको पालिका अध्यक्ष युकहाङवीर(डम्बर)ले जानकारी दिनुभयो ।

Similar Posts