चालु आवमा ताप्लेजुङबाट जारी भयो पहिलो गैर आवासीय नेपाली नागरिकता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ३ । ताप्लेजुङबाट चालु आर्थिक बर्ष २०८३।८३४ को यो अवधमिा पहिलो गैर आवासीय नेपाली नागरिकता जारी भएको छ ।
साउन,भदौ र असोजमा जारी नभएको गैर आवासीय नेपाली नागरिकता कात्तिक महिनामा एकथान जारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिनुभयो । आव २०८२।८३ मा भने एकजनाले पनि गैर आवासीय नेपाली नागरिकता लिएका थिएनन् । सो भन्दा अघिल्लो आवमा भने ८ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका थिए । कात्तिक महिनामा जिल्ला प्रशासन कार्यालयबाट एकथान पनि बैबाहिक अंगीकृत नागरिकता जारी नभएको प्रशासन कार्यालयले जनाएको छ ।
कात्तिक बाहेक चालु आवको तीनमहिनामा भने ५ थान बैबाहिक अंगीकृत नागरिकता जारी भएको छ । चालु आवमा ८ सय ५६ थान नयाँ नेपाली नागरिकता जारी हुँदा ८ सय १६ थान नागरिकताको प्रतिलिपि जारी भएको छ । कात्तिक महिनामा ३ सय ७१ जनाले राष्ट्रिय परिचयपत्रको विवरण भर्दा २ सय ३६ जनाले राष्ट्रिय परिचयपत्रको रुजु विवरण हराई खोजीका लागि आबेदन दिएका छन् । ३९ जनाले राष्ट्रिय परिचयपत्रको विवरण सच्याउन निबेदन दिएको समेत प्रशासन कार्यालयले जनाएको छ । कात्तिक महिनामा प्रशासन कार्यालयबाट १ सय १२ जना राहदानीका अनलाइन फारम निःशुल्क रुपमा भरिएको छ भने नागरिक सहायता कक्षबाट कार्यालयमा प्रयोग हुने विभिन्न कागजातका २ सय ५० थान प्रतिलिपि निःशुल्क उपलब्ध गराईएको समेत प्रशासन कार्यालयले जानकारी दिएको छ ।