ताप्लेजुङको खोक्से र मेवाखा आसपासमा सवारी दुर्घटना,घाइते ३ मध्ये २ जनाको अवस्था चिन्ताजनक

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज १९ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको मेवाखा नजिक सवारी दुर्घटनामा परी घाइते भएका यात्रु बोकेर आउँदै गरेको अर्को सवारी फेरी दुर्घटनामा पर्दा ३ जना गम्भिर घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर देखिएको घाइते लिन पुगेका रुपनारायण–भागिरथा स्मृति प्रतिष्ठानका एम्बुलेन्स चालक रमण ढकालले जानकारी दिनुभयो । मेवाखा नजिक भएको सवारी दुर्घटनाका घाइतेलाइ लिएर उपचारका लागि ताप्लेजुङ अस्पतालतर्फ आउँदै गरेको मे१ज२५७८ नम्बरको सवारी फेरी फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाको सीमा क्षेत्र खोक्से खोलमा दुर्घटनामा परेको थियो । घाइतेलाइ अहिले उद्धार गरी उपचारका लागि ताप्लेजुङ अस्पतालतर्फ ल्याउने प्रयास भइ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पहिलो पटक भएको सवारी दुर्घटनाको बिबरण र घाइतेहरुको नाम भने खुलेको छैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts