दोभान बजारका आगलागी पीडितलाई राश्वपा ताप्लेजुङद्धारा १ लाख ९२ हजार रुपैयाँ राहत बितरण
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १८ । ताप्लेजुङको दोभान बजारका आगलागी पीडित १६ घर परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले प्रति परिवार १२ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेको छ ।
राश्वपाका जिल्ला सचिव लिलाराज पौडेलका अनुसार १६ घर परिवारलाई गरी कुल १ लाख ९२ हजार रुपैयाँ राहत रकम व्रदान गरिएको हो । राश्वपाका केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा,जिल्ला सभापति राजनकुमार गुरुङ,पूर्व जिल्ला सभापति वीरेन्द्र श्रेष्ठसहित रावश्वपाका नेता तथा कार्यकर्ताको उपस्थितिमा उक्त राहत रकम बितरण गरिएको राश्वपाले जनाएको छ ।
इञ्जिनियर समेत रहनु भएका पूर्व जिल्ला सभापति श्रेष्ठले नदी तथा खोला किनारका बस्तिको जोखिम पूर्व मूल्याङ्कन र प्राविधिक अध्ययन गरी सुरक्षित स्थानान्तरण गर्नुपर्नेसम्मको सुझाव दोभानबासीलाई दिनु भएको छ । दोभान बजार तमोर नदी र मैवाखोलाकोबिच भागको बस्ति हो । गत असोज ८ गते भएको आगलागीबाट दोभान बजारका ८ घरधनीका १० घर जल्दा १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण संकलन भएको छ ।