ताप्लेजुङ जिल्लामा बसोबास गरिरहेका जुनसुकै जिल्लाका नागरिकले अब यहीबाट नागरिकताको प्रतिलिपि पाउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १८ । ताप्लेजुङ जिल्लामा बसोबास गरिरहेका नेपालको जुनसुकै जिल्लाका नागरिकले अब ताप्लेजुङबाटै नागरिकता प्रमाणपत्रको प्रतिलिपि पाउने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बुधवार एक सूचना जारी गर्दै उक्त जानकारी दिनु भएको हो । प्रजिअ दाहालका अनुसार नागरिकता प्रमाणपत्र वाहकको हकमा जैविक विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा प्रमाणीकरण र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक भएको हुनुपर्ने छ । काठमाडौं,भक्तपुर र ललितपुर जिल्लामा रहेका ताप्लेजुङका नागरिकले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सक्ने समेत जिल्ला प्रशासन कार्यालयले स्मरण गराएको छ ।

प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा भएको विवरणसंग हुबहु भिडेको विवरणको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपिका लागि स्थानीय तहको सिफारिस आवश्यक नपर्ने समेत प्रशासन कार्यालयले जनाएको छ । नागरिकता प्रमाणपत्रको प्रतिलिपिका लागि स्थानीय तहको सिफारिस आवश्यक नपर्नेको हकमा नागरिकता नियमावली(पाँचौं संशोधन)२०८३ को अनुसूची १६ बमोजिमको ढाँचामा साथै बेजिल्लाको प्रतिलिपि माग गर्दा अनुसूची १८ बमोजिमको ढाँचामा निबेदन र आवश्यक कागजातहरु पेश गर्नुपर्ने र उक्त ढाँचाका निबेदनहरु जिल्ला प्रशासन कार्यालयबाट निःशुल्क उपलब्ध हुने वा लेखिने समेत प्रशासन कार्यालयले जनाएको छ । नेपाली नागरिकता प्रमाणपत्र र प्रतिलिपिका लागि स्थानीय तहले गरेको सिफारिस ३५ दिन सम्म मान्य हुने समेत प्रशासन कार्यालयले जनाएको छ ।

 

Similar Posts