ताप्लेजुङस्थित सडक कार्यालयका सिडिई र इञ्जिनियरको सरुवा,यादव कामु योजना प्रमुखको रुपमा आउँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १८ । सरकारले ताप्लेजुङस्थित तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर र एकअर्का इञ्जिनियरको सरुवा गरेको छ ।

आयोजना प्रमुख समेत रहनु भएका सिडिई सिंहबहादुर बिष्ट र इञ्जिनियर बसन्त गाँईको सरुवा भएको हो । तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयको कायम मुकायम योजना प्रमुखको रुपमा इञ्जिनियर भुवनेश्वर यादवलाई सरुवा गरिएको छ ।

यादव सडक विभाग पुल शहीद मार्ग सडक योजना कार्यालयबाट ताप्लेजुङस्थित तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयमा सरुवा हुनु भएको हो । सिडिई बिष्टलाई सडक विभाग पुल पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजना निर्देशनालयको उप आयोजना निर्देशको रुपमा सरुवा गरिएको छ ।

इञ्जिनियर गाँईलाई सडक विभाग पुल सेती मार्ग(दक्षिण खण्ड)टीकापुर–लोडे–थामलेक सडक योजना कार्यालयको कामु योजना प्रमुखको रुपमा सरुवा गरिएको छ ।

Similar Posts