प्रजिअ दाहाललाई कार्य सफलताको शुभकामना सहित स्वागत

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ३२ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाललाई यहाँका विभिन्न निकाय तथा संघसंस्थाहरुले कार्य सफलताको शुभकामना सहित स्वागत गरिरहेका छन् ।

बिहीबार ताप्लेजुङ जिल्ला अदालतले प्रजिअ दाहालको स्वागत तथा यहाँबाट सरुवा भएर कुरिनटार जान लाग्नु भएका सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकको बिदाई गरेको छ ।

बुधवार फुङलिङ नगरपालिका र पाथीभरा क्षेत्र विकास समितिले प्रजिअ दाहालको स्वागत गरेका थिए । असार २८ गते यहाँको प्रमुख जिल्ला अधिकारीको रुपमा पदभार ग्रहण गर्नु भएका प्रजिअ दाहाललाई कार्यालय प्रवेश गर्नुअघि जिल्ला प्रशासन कार्यालय परिवार तथा पदभार ग्रहण गरे लगत्तै जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा स्दस्यले स्वागत गर्नु भएको थियो ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ साढे १० महिने कार्यकाल पूरा गरी यहाँबाट पाल्पाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा त्यसतर्फ लाग्नु भएको छ । सेढाइँको सरुवा भएपछि दाहालको यहाँको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको हो ।

Similar Posts