राश्वपा ताप्लेजुङद्धारा केन्डिडेट क्लव र लिडरसीप एकेडेमीका बिषयमा अगुवा कार्यकर्तालाई प्रशिक्षण
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १५ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले केन्डिडेट क्लव र लिडरसीप एकेडेमीका बिषयमा फुङलिङमा एकदिने प्रशिक्षण कार्यक्रम चलाएको छ ।
पार्टीका अगुवा कार्यकर्ता सहभागी प्रशिक्षण कार्यक्रममा पूर्व जिल्ला सभापति वीरेन्द्र श्रेष्ठसहितले सहजीकरण गर्नु भएको राश्वपा ताप्लेजुङका सभापति राजनकुमार गुरुङले जानकारी दिनुभयो ।
राश्वपाले स्थानीय तह निर्वाचन उम्मेदवारका लागि आवेदन खुला गरेको छ । सोहि आबेदन तथा नेतृत्व क्षमता विकाससंग सम्वन्धित बिषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रम आयोजना गरेको राश्वपा ताप्लेजुङका सचिव लिलाराज पौडेलले बताउनुभयो ।