श्रेष्ठ र पराजुली असोज महिनाको उत्कृष्ट प्रहरी घोषित
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १३ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दुई प्रहरी कर्मचारीलाई संयुक्त रुपमा असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईका अनुसार असोज महिनाको उत्कृष्ट प्रहरी घोषित हुनेमा प्रहरी सहायक हवल्दार सुजन श्रेष्ठ र प्रहरी जवान चेतनाथ(सुजन)पराजुली रहनु भएको छ । श्रेष्ठ र पराजुलीले मिति २०८३ साल असोज ७ गते फुङलिङ नगरपालिका वडा नं ६ स्थित जीवन पोखरेलको घरमा डेरागरी बस्ने पदमप्रसाल लम्सालको कोठाको ढोका फोडी चोरी गरेको अभियोगमा एक अभियुक्तलाई चोरीका केहि सामाग्रीसहित नियन्त्रणमा लिन सफल भएको तथा प्रहरी फैसला कार्यान्वयनतर्फ समेत उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
जिल्ला प्रहरी प्रमुख बजगाँईका अनुसार श्रेष्ठ र पराजुलीले आफुलाई प्राप्त जिम्मेवारी त्रुटिरहित ढंगले इमान्दारितका साथ पूरा गर्नुका साथै विभागीय मूल्य र मान्यता,आदेश तथा निर्देशनको पालना गरी व्यवसायिक,लगनशी र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लिन रही उच्च मनोवलका साथ कार्य सम्पादन गरेको तथा प्रहरी संगठनको गरिमा उचो बनाउन भूमिका खेलेको आधारमा असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।