मिर्गौला, क्यान्सर र मेरुदण्डका विरामीलाई आर्थिक सहयोग
-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ११ । ताप्लेजुङ युके युवा समाज बेलायतले मिर्गौला र क्यान्सरका रोगीलाई आर्थिक सहयोग गरेको छ । हाल उपचाररत रहेका मिर्गौला, क्यान्सरका रोगी र मेरुदण्ड भाँचिएका एक विरामीलाई समाजले आर्थिक सहयोग गरेको हो ।
मिर्गौला र क्यान्सरका रोगी साथै मेरुदण्ड भाँचिएर उपचाररत रहेका विरामीसमेत तीन जनालाई युवा समाजले मङ्गलबार आर्थिक सहयोग उपलब्ध गराएको छ । आर्थिक सहयोग प्राप्त गर्नेमा मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका मिर्गौला रोगी मिङमाखाङ्डु शेर्पा र क्यान्सर रोगी मिङमाछेम्वी शेर्पा रहनुभएको छ ।
त्यस्तै मेरुदण्ड भाँचिएर हाल उपचाररत रहनुभएका फुङ्लिङ नगरपालिका–६ का दिनेश मादेनलाई समाजले आर्थिक सहयोग उपलब्ध गराएको छ । ताप्लेजुङ युके युवा समाज बेलायतका महासचिव दिनेश लिङ्खिमले विरामीका आफन्तलाई आर्थिक सहयोग बापतको रकम हस्तान्तरण गर्नुभयो ।
मिर्गौला र क्यान्सरका रोगी मिङमाखाङ्डु र मिङमाछेम्वीलाई जनही ४० हजार रुपियाँका दरले सहयोग रकम प्रदान गरिएको छ । त्यस्तै मेरुदण्डका विरामीलाई भने समाजले ८० हजार रुपियाँ सहयोग रकम उपलब्ध गराएको छ ।
मिर्गौला र क्यान्सरका रोगी तथा मेरुदण्ड भाँिचएर उपचार गराइरहनुभएका विरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक उपलब्ध गराएको समाजका महासचिव लिङ्खिमले बताउनुभयो । उहाँका अनुसार युकेमा बसोबास गर्दै आएका युवाले स्थापना गरेको संस्थाले सामाजिक सेवाभावका कार्यहरु गर्दै आएको छ ।